२३ जेष्ठ २०७८| बद्री नाथ झा |जनकपुरधाम
प्रदेश २ मा सत्ता समीकरण परिवर्तनको औपचारिक सुरुवा भएको छ । महन्त पक्ष २ राज्यमन्त्रीसहित १० मन्त्रालय लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागि भएपछि प्रदेश २ मा सत्ता समिकरणको औपचारिक सुरुवात भएको हो।
पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिजय नता पार्टी नेपालबीच एकता भएर एकवर्ष अघि बनेको जसपामा हालसम्म संसदीय दलको नेताको चयन हुन सकेको थिएन । पुरानै पार्टीको हैसियतमा मुख्यमन्त्री लाबाबु राउतको सरकार प्रदेश २ मा चल्दै आएको छ ।
तर एकवर्षमा टुंगो लाग्न नसकेको जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव पक्षले मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । ठाकुर पक्षका मन्त्रीसहित राज्यमन्त्रीलाई हटाएर काँग्रेस र माओवादीसंग सत्ता सहकार्य गर्न मुख्यमन्त्री राउतलाई नै जसपा संसदीय दलको नेतामा चयन गरिएको श्रोतले जनाएको छ ।
कारण जेभएपनि राउतालई दलको नेतामा शनिबार चयन गरिएको कुरा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशावाहाले पुष्टि गरेका छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा राउतलाई जसपाको दलको नेतामा चयन गरिएको हो ।
केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाका बीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनुका साथै संसदीय दलको नेता समेत चयन गराएका हुन्।