२३ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम

केपी शर्मा ओली नेतृत्वको सरकारले कार्तिक २६ र मंसीर ३ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेता कार्यकर्तालाई निर्देशन दिएका छन भने जनमत पार्टीले अगामी निर्वाचनको तयारी थालेको छ ।

जेठ २२ गते विहान ९ बजे बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको अध्यक्ष डा. राउतले बताएका छन् । उनले शनिवार विज्ञप्ती जारी गरेर भनेका छन्, ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने आत्मसात गरी प्रतिनिधिसभा निर्वाचनको तयारी थालौं ।’

यस्तै केन्द्रिय कार्यकारिणी समितिले नै ६ महिनाको लागि सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय पनि गरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति तय भइसकेको र सोका लागि आवश्यक तयारीमा सम्पूर्ण नेता कार्यकर्तालाइ एकताबद्ध भएर जुट्नुपर्ने आवस्था आएकाले जिल्ला समन्वय समितिको पदाधिकारी चयनलाई पछिको मितिका लागि तत्काल सार्न समेत उपयुक्त नदेखिएको हुँदा केन्द्रीय कार्यकारिणी समितिले नै सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन कोभिड–१९ को महामारीले गर्दा जारी रहेको निषेधाज्ञाको कारणले भौतिक रुपले नै जेष्ठ ३० गते गर्न नसकिने, जिल्ला स्तरमा पूर्ण बैठक बोलाएर सर्वसम्मति खोज्ने अवस्था समेत नरहेको तथा ई–भोटिङ मार्फत गर्न समेत तल स्तरसम्म उपयुक्त तयारी नपुगेको ठहर बैठकले गरेको छ ।

मधेसका मुद्दा लाई सत्ता को भर्र्याङ् बनाएको प्रती सिके राउत जनता समाजबादि पार्टी माथी आक्रोश पोखेका छन।उनले मधेस को जायज समस्या जनमत पार्टीले मात्र पूरा गर्ने राउत को भनाइ रहेकोे छ।अगामी निर्वाचनमा तयारीको लागि आफ्नो कार्यक्रता लाई जोस जागर साथ लाग्न निर्देशन दिएका छन।

Leave a Reply

Your email address will not be published.