२१ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव मन्त्री पद नपाएपछि उपेन्द्र यादवको खेमामा फर्केका छन। महन्थ ठाकुर–राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि यादवलाई मन्त्रीमण्डलमा समावेश गर्ने खोजेका थिए तर केपि ओलि ले मन्त्री बनाउन स्वकार गरेन्न मन्त्रीमा ‘चान्स’ नपाएका कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मन्त्रीमण्डल ठिकै रहेको प्रतिकृया दिए उनी सरकारमा सहभागि नगराइएका कार्यकारिणी सदस्य यादवले ठाकुर–महतो खेमा साथ छाडेका छन् ।

कार्यकारिणी समितिमा उपेन्द्र यादव समुहको बहुमत अब दुई तिहाई पुगेको छ । यादवले ठाकुर–महतोलाई पछिल्लो समयमा साथदिदै आएका थिए तर तत्कालिन संघिय संसदको बहुमत ठाकुर–महतो पक्षमा पुरयाउन यादवले पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘उनले राजकिशोर यादव सँचार मन्त्रालय मागेका थिए, तर भित्रैभित्र पहिलेदेखि नै उपेन्द्र यादवसँग नजिकिएका यादवलाई सो मन्त्रालय नदिएर मन्त्री बनाइदिएपछि असन्तुष्ट बनेका छन् ।

केही दिन अघि प्रतिनीधिसभा विघटन भएपछि विरोध कार्यक्रमको दौरान सिरहामा राखिएको कार्यक्रममा राजकिशोर यादवलाई बरियताक्रममा दर्जा तल पारेपछि उनका पक्षका नेता कार्यकर्ताहरु उपेन्द्र यादवको विरोधमा उत्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *