२१ जेष्ठ २०७८ | मुलुक डेस्क

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

Prime Minster Oli reshuffles cabinet; New ministers including three DPMs  sworn-in - Nepal24Hours.com - 'Integration Through Media' Nepal24Hours.com  – 'Integration Through Media'

नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आएका छन् ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।

Prime Minster Oli reshuffles cabinet; New ministers including three DPMs  sworn-in - Nepal24Hours.com - 'Integration Through Media' Nepal24Hours.com  – 'Integration Through Media'

उपप्रम पौडेल र महासेठबाट पदबहाली

यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गर्नुभयो । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् ।
उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

क्र.सं.  नाम, थरपदनामकार्यविभाजन
श्री केपी शर्मा ओली प्रधानमन्त्रीउद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा;  वन तथा वातावरण; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि
श्री विष्णुप्रसाद पौडेलउपप्रधानमन्त्रीअर्थ
श्री रघुबीर महासेठउपप्रधानमन्त्रीपरराष्ट्र
श्री राजेन्द्र महतोउपप्रधानमन्त्रीशहरी विकास
श्री शरतसिंह भण्डारीमन्त्रीऊर्जा, जलस्रोत तथा सिंचाई
श्री कृष्णगोपाल श्रेष्ठमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि
श्री अनिलकुमार झामन्त्रीखानेपानी
श्री शेरबहादुर तामाङमन्त्रीस्वास्थ्य तथा जनसङ्ख्या
श्री लक्ष्मणलाल कर्णमन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०श्री बसन्तकुमार नेम्वाङमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
११श्री लिलानाथ श्रेष्ठमन्त्रीकानून, न्याय तथा संसदीय मामिला
१२श्री बिमलप्रसाद श्रीवास्तवमन्त्रीश्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३श्री उमाशंकर अरगरियामन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४श्री चन्दा चौधरीमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५श्री एकवाल मियाँमन्त्रीयुवा तथा खेलकुद
१६श्री चन्द्रकान्त चौधरीराज्यमन्त्रीऊर्जा, जलस्रोत तथा सिंचाई
१७श्री रेणुका गुरूङराज्यमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *