No description available.

२० जेठ, २०७८ | कृष्ण सिंह

प्रदेश नं.२ सरकारले निति तथा कार्यक्रम ल्याउन लागेको पुर्व सन्ध्यामा सामुदायिक रेडियोहरुका विभिन्न समस्या समाधानको माग राख्दै सामुदायिक रेडियो प्रशारक संघ( अकोराब ) प्रदेश नं.२ समितीले प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतलाई आज (बिहिबार) ध्यानाकर्षण पत्र बुझाएको छ । सामुदायिक रेडियो प्रशारक संघ अकोराब प्रदेश नं.२का अध्यक्ष मनाेज यादव , निबर्तमान अध्यक्ष अशाेक दत्त लगायतका सदस्य रेडियाेका प्रतिनिधिले मुख्यमन्त्री राउतलाई मुख्य मन्त्रीकाे निवासमा भेटेर ध्यानाकषर्ण बुझाउनु भएको हो ।

प्रदेश नं.२ सरकारले प्रसारण सम्वन्धी नयाँ कानुनी व्यवस्था मिलाउनु पर्ने, एफएम रेडियो व्यवस्थापन, नियमन तथा संचालन कार्यविधी बनाउने नाममा रेडियो बन्द गर्ने सम्मका नेपालको संविधान बिपरितका व्यवस्थाहरु तत्काल खारेज गर्नुपर्ने र रेडियो सम्बन्धी नीति नियम बनाउदा सामुदायिक रेडियो अकाेराबका छाता संगठनका तर्फबाट सहभागिता सुनिश्चित गर्नुपर्ने मागहरु ध्यानाकर्षण पत्रमा समाबेश गरिएका छन ।

प्रदेशमा संचालित रेडियोको लागि छुट्टै विपद् ब्यवस्थापन कोषको स्थापना गर्नुपर्ने, प्रदेश भित्र रहेका रेडियोहरुको पूर्वाधार विकास, अप्ठारोमा परेका रेडियोको लागि उपकरण खरिदमा अनुदान, स्वयंमसेवी पत्रकारिता सम्वन्धी तालिम तथा जागरण कार्यक्रम संचालन गर्नुपर्ने, जारी गरेको निषेधाज्ञाका कारण रेडियो सञ्चालन कठिन बन्न थालेको र तत्काल रेडियो सञ्चालनको लागि आर्थिक सहयोग नहुँदा प्रसारण बन्द हुन सक्ने अवस्था उत्पन्न भएको जानकारी गराउँदै स्थानीय समुदायहरुसँग अभिन्नरुपले जोडिएर प्रसारण भइरहेका रेडियोहरुको नियमित र प्रभावकारी प्रसारणका लागि आवश्यक सहयोगका लागि ध्यानाकर्षण पत्रमा जोडदार माग गरिएको छ । यसै गरि कोरोना भाइरस संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी जनचेतना मूलक सामग्री सबै रेडियोहरुबाट प्रसारणको लागि तत्काल लोक कल्याणकारी विज्ञापनको निम्ति बजेट विनियोजन गर्न समेत माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउदै अकोराबका प्रदेश नं.२ अध्यक्ष मनाेज यादवले चालु आर्थिक बर्षमा पनि रेडियोहरुका लागि राहत प्याकेज ल्याउनु माग गरेको बताउनु भयो । “गएको बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी छ, रेडियोहरु प्रत्यक्ष मारमा परेका छन, रेडियोको व्यवस्थापन निकै नै चुनौतिपुर्ण बन्दै गएको छ,” बताउदै उहाँले भन्नु भयो “अहिले हामी कर्मचारीको पारिश्रामिक समेत दिन सक्ने अवस्थामा छैनौं धेरै रेडियोहरु बन्द हुने अवस्थामा छन सरकारको ध्यानाकर्षण होस भनेर ज्ञापन पत्र बुझायौं ।”

अध्यक्ष यादवले प्रदेश सरकारसंग एफएम रेडियोहरु सहकार्य गर्न तयार रहेको तर त्यसका लागि प्रदेश सरकारले आह्वान नगरेकोमा दुखेसो पोख्नु भयो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुको बारेमा आफु जानकार रहेको र सकेसम्म सम्बोधन गर्ने बताउनु भयो । १६ बुंदे ध्यानाकर्षण पत्रमा निति तथा कार्यक्रममा समाबेश गरिनुपर्ने र प्रदेश संग सहकार्य गर्न सकिने कुरा पनि समाबेश गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *