२० जेठ, २०७८ | मुलुक डेस्क
कोरोना भाइरस रोग न्युनीकरणका लागि सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा र खडक नगरपालिकालाई बिहिवारअत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
उक्तनगरपालिकाहरुमा सेभ द चिल्ड्रेनको साझेदारीमासंचालित समुन्नतिकार्यक्रमअन्तर्गत खडक नपा–९ स्थित मैन्हासहश्रबाहु आइसोलेसन र सुरुङ्गानपा–९ मा रहेको कोभिड अस्पतालका लागितीनलाख ३१ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको जानकारी सबल नेपालको फिल्ड अधिकृत मासुका चौधरीले दिनुभएको छ ।
“एन्टीजेन किट, पल्स अक्सीमिटर, पिपिई सेट, स्प्रेयर पम्पलगायतका सामाग्रीहरु सहयोग गरेका छौं” अधिकृत चौधरीले भन्नुभयो–“कोरोनाबाट मानिसको तत्कालज्यान जोगाउनहामीले दुबै नगरपालिकालाई जति सक्दा छिटो थपअत्यावश्यक सामाग्रीहरु अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, भिटिएम किट लगायतका सामानहरु सहयोग गर्ने कोसिस गरीरहेका छौं ।”
उपलब्ध गराएको सामाग्रिमा सर्जिकलग्लोब्स २ सय सेट, रेपिड एन्टिजेट किट ६ सय थान, १६ लिटरको स्प्रे पम्प २ सेट, सर्जिकलमास्क ८ सय थान, पल्स अक्सिमिटर ५ थान, पिपिइ सेट ४० थान, साबुनबक्स १ सय २० थानतथा बाल्टीन ८ थान रहेको छ ।
हालै खडक तथा सुरुङ्गानगरपालिकाको केही वडाहरुमा कोरोना भाइरसको प्रभाव वुद्धि हुदै गएकोमा जनप्रतिनिधीहरु सक्रियभइन्युनीकरणको लागि गरेको प्रयासमा बल पुगोस् भनी सबल नेपालले सहयोग गरेको बताइएको छ ।