Among those stranded, man whose mother died, group taking relative's body  home | India News,The Indian Express

१९ जेष्ठ, २०७८ | बद्री नाथ झा

जनकपुरधाम उपमहानगरपालिका ७ बसहियाका बैद्यनाथ झाको घरमा सिरकले छोपेको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव बुधबार
बेलुका फेला परेको हो।

घरको बाहिर मूलगेट र कोठाको समेत ताल्चा बन्द रहेको अवस्थामा सिरकले छोपेको र शरीरको ७० प्रतिशत भाग सडेगलेको अवस्थामा सिरकमा शव भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार दुईधुर जग्गामा रहेको उक्त घरमा लामो समयदेखि कोही बसेका थिएनन्। घरधनी बैद्यनाथ झासहित उनका परिवार उदयपुरको गाइघाट बस्दै आएका छन्। उनको अर्को घर जनकपुरकै पेठिया बजारमा छ। गाइघाटबाट आउँदा उनका परिवार त्यहिँ बस्ने गर्दछन्।

सो घरमा कोही बस्दैनन्। त्यसैले कसैले युवकको हत्या गरेर शव छोपेर राखेको हुन सक्ने प्रहरीको आशंका छ।

Leave a Reply

Your email address will not be published.