१९ जेष्ठ २०७८, मुलुक डेस्क
राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापनाका लागि लामो समयदेखि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन “नागरिक संवाद अभियान” देशव्यापी रुपमा संचालित छ ।
प्रदेश नं २ का सबै जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको मोर्चाले अब आफ्नो संगठन स्थानीय स्तरसम्म विस्तार गर्नको साथै आफ्नो वर्गीय एवं भातृ–संगठन समेत जिल्ला स्तर र स्थानीय स्तरसम्म युद्ध–स्तरमा विस्तार गरिरहेको बझिएको छ ।
प्रदेश नं २ को लगभग सबै स्थानीय तह र वाडसम्म मोर्चाको मुल कमिटी र वर्गीय एवं भातृ संगठन विस्तारलाई तिब्रता दिएको मोर्चाले “जनतान्त्रिक युवा संघू” को प्रदेश नं २ को प्रभारी÷ईन्चार्जमा सिरहा जिल्ला नवराजपुर – १ का ईन्जिनियर जिबछ यादवलाई मनोनीत गरेको छ ।
आजै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहनुभएका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले प्रेस मार्फत जनाएका छन् ।
यसैक्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवं सिरहा जिल्ला ईन्चार्जरप्रभारी श्री बुलन यादव ज्युले मिति २०७८र०२र१८ गते मंगलबारका दिन मोर्चाको सचिवालयमा निर्णयार्थ सिफारिस गरि पठाएको केही सांगठनिक प्रस्तावहरुलाई सदर गरि निम्नलिखित जिम्मेवारी तोकिएको ब्यहोरा सबैमा जानकारी गरिइएको छ ।
तोकिएका जिम्मेवारीहरु :
१) जिल्ला सिरहा नवराजपुर–१ निवासी, ईन्जिनियर जिबछ यादवलाई । प्रदेश नं २ को “जनतान्त्रिक युवा संघ” को प्रदेश प्रभारीर/ईन्चार्ज मनोनीत गरिएको छ ।
२) “जनतान्त्रिक युवा संघ” सिरहा जिल्ला नवराजपुर गाउँपालिका कमिटीको अध्यक्षमा पशुपति यादव लाई मनोनीत गरिएको छ ।
३) सिरहा जिल्ला नवराजपुर–३ निवासी श्री आनन्द रामलाई “जनतान्त्रिक युवा संघ” जिल्ला कमिटी दस्यमा मनोनीत गरिएको छ ।