This image has an empty alt attribute; its file name is WhatsApp-Image-2021-06-04-at-11.36.50-AM.jpeg

१९ जेष्ठ, २०७८ | संजीव सिंह

“२०५८ जेष्ठ १९ गते राती ९ः१५ मा नारायणहिटीमा अकल्पनिय दरवार हत्याकाण्ड भयो । तत्कालिन राजा वीरेन्द्रसहित १० जना राजपरिवार सदस्यको हत्या भयो । एक्काइसौं शताब्दीमा विश्वमा नघटेको दुर्लभ घटना बन्यो – नेपालको राजदरवार हत्याकाण्ड । हत्याकाण्ड भएको आज ठीक २० वर्ष पुरा भएको छ । मुख्य हत्यारा युवराज दीपेन्द्रलाई चरितार्थ गरियो, तर यथार्थ र वास्तविकता अझ रहस्यमयी छ । पर्दाफास भएको छैन ?”

नेपालको नारायणहिटी राजदरवार हत्याकाण्डको आज ठीक २० वर्ष पुरा भएको छ । राजा वीरेन्द्रसहित राजपरिवारका १० सदस्यको हत्याको तीन दिनपछि दीपेन्द्रको पनि मृत्यु भयो । जनता अचम्मभित छन् । सत्यतथ्य अझ प्रष्ट भएको छैन । जनताबीच गाँइगुई छ, हल्ला छ की कतै दोषी तत्कालिन राजकुमार पारष त होइनन् ? विदेशी शक्ति त होइनन् ? आधार र सत्य संग जे भएपनि दरवार हत्याकाण्ड भयो । वीरेन्द्रको वंशनास भयो ।

This image has an empty alt attribute; its file name is wEviUCbUGQwrkMYbuUqGbWURi3MsfkZ55w9Lc8CQxSNF4ET624Bt_72Z8rSfmdJTuziVB2EX_mGJAEdMcF1CgZaVnGa9wIWdMSlr5dBfyo5cPUwH29UR5KU_HgwRqQ20XW0drA

दरवार हत्याकाण्डको सन्दर्भलाई केलाउँदा लामो र बृहत् आख्यान छ । यद्यपी मुख्य एजेन्डा युवराज दीपेन्द्रको विवाह हो भन्ने गरिन्छ । घटनाको सम्भावित कारण देवयानीसंगको विवाहमा दरबारको अस्विकारोक्ति । अन्तरिम राणा प्रधानमन्त्री मोहन शमशेर जबराका नाती पशुपति शमशेर राणाकी छोरी देवयानी राणासंग युवराज दीपेन्द्र विवाह गर्न चाहन्थे । तर, उनी चन्द्र शमशेरको खलक भएको भन्दै रानी ऐश्वर्या खुलेरै विरोधमा थिइन् ।

No description available.

रानी ऐश्वर्याको अंहकार र दीपेन्द्रको देवयानीप्रतिको प्रेम सम्भवतः दरवार हत्याकाण्डको परिणाम हो । यसै पनि दीपेन्द्र सन्की र हथियार प्रेमी थिए । जिद्दी र अभिमानी थिए । राजकाजमा आफ्नो निर्णय एवं सहभागितालई खासै महत्व नदिएको आरोप थियो युवराज दीपेन्द्रको । उमेरले ३१ वसन्त हुँदा पनि विवाहमा भएको ढिलाइले अखबारको पाना भरिन थालेको थियो । जनता र दरवारमा चासो र कौतुहलता ब्यापक थियो । यद्यपी दोषी दीपेन्द्र नै हुन् त ? भन्ने विश्वास अझ पनि जनतामा छैन ?

No description available.

जेष्ठ १९ गते शुक्रबार उक्त घटनाको पूर्वार्धमा विलियर्ड बैठकमा राजपरिवारका नितान्त निजी भोजमा युवराजको चर्काचर्की उपस्थित केही सदस्यसंग भएको थियो । तत्पश्चात उनलाई उनको खोपीमा पुर्याएको थियो । उता त्यही साझ राजा वीरेन्द्र डिल्लीबजारस्थित बडा गुरुज्यूको घर पुगेका थिए । सायद दीपेन्द्रको विवाहको साइतका लागि हुनुपर्छ । वडा गुरुज्यू कहाँ जाने भएकोले सुरक्षाका लागि सधै बोक्ने २५ क्यालिबरको पेस्तोल राजाले त्यसबखत बोकेनन् । फर्कदा ढिलाभएकोले सिधै विलियार्ड बैठक पुगे र छिन भरमै अकल्पनिय घटना भयो । गोलीको अन्धाधुन्द वर्षातले राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, अधिराजकुमार धिरेन्द्र, शोभा सिंह, शारदा सिंह, खडग विक्रम शाह समेतको मृत्यु भयो । र पछि युवराजले आफैलाई गोली हानेको छानविन प्रतिवेदनमा उल्लेख छ ।

This image has an empty alt attribute; its file name is June-1-2001-Nepalese-Royal-Family-is-massacred-2018-Jun-01-07-30-51-section2.png

अनेकौ रहस्यले भरिएको छानविन प्रतिवेदनप्रति आजपनि विस्वस्त हुने ठाँउ छैन । घटना पश्चात देवयानीसंग प्रत्यक्ष संवाद नगर्नु, उनी भारतमा जानु । भारतमा केही समयपश्चात उनका मामा माधवराज सिंधियाको हेलिकप्टर क्रैसमा मृत्यु हुनु । विलियर्ड बैठकमा राजालगायत माथि गोली चल्दा सुरक्षाकर्मी बचावमा नआउनु् । तथा विगत २० वर्षमा घटनाको पुनः कुनै छानविन नहुनु । विलियर्ड बैठकलाई पूर्णरुपमा ध्वस्त पार्नु । दोषी वा संकेत मेटाउने प्रयास त होइन् ? जे होस कौतुहल अझ जारी छ ।

दरवार हत्याकाण्डको चार वर्ष पश्चात नै देशमा गणतन्त्रको आगाज भयो । २०६४ को चुनाव पछि २०६५ साल जेष्ठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्षे लामो शाहवंशीय शासनको अन्त्य भयो । विगत १३ वर्षमा देशमा शासन सत्ता र व्यवस्थाको निकै उतार चढाव भयो तर राजदरवार हत्याकाण्डको रहस्यदोघाटन भएन ? ज्ञानेन्द्र पूर्व राजाको हैसियतमा सामान्य जीवन निर्वाह गर्दैछन् भने राजनीतिको नाममा कोरोनाकालमा पनि कथित राजनीतिज्ञहरु कुकुर विरालोको खेल खेल्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *