२५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी

१९ जेष्ठ २०७८ | मुलुक डेस्क

२५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी

 सरकारले विभिन्न २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने गरी सूचना जारी गरेको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।

सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको हो ।

साथै राहदानी विभागबाट प्रदान हुने सेवा, मास्क सम्बन्धि सेवा, विद्युत् सेवा, बीमा सेवा, प्रिन्ट र सरकारी छापाखाना,ह्यान्ड सेनिटाइजर सम्बन्धि सेवामा पनि हड्ताल गर्न पाइने छैन ।

 साथै यी क्षेत्रमा पनि हड्ताल गर्न पाइने छैन्।
१. डाँक, तार बा टेलिफोन सेवा,
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार
गर्ने यातायात सेवा,
३. हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा
मर्मत गर्ने कामसँग सम्बन्धित सेवा,
४. हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान
ओसार पसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग
सम्बन्धित सेवा,
५. प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा,
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर–सामानको
उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित
नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा,
सञ्चार सेवा.
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा,
९.खानेपानीको सञ्चालन तथा वितरण सेवा,
१०.पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *