बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १९, २०७८

आफनै पार्टीमा निष्कासन निष्कासनको खेल खेलेर फुटको संघारमा पुरयाएका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले रेणु यादव लगायतका केहि नेताहरु निष्कासन गर्ने भएको खवर प्राप्त भएको छ ।

विश्वस्त स्रोतबाट प्राप्त जानकारि अनुसार तत्कालीन समाजवादी पार्टी बाट छुटटीने तमतयार भएकि रेणु यादव लगायतका केहि नेताहरुलाई जनता समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि निष्कास्न गर्ने भएको छ । गत वर्ष वैशाख १० गते उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादीबाट रेणु यादव, मोहम्मद ईस्तियाक राइन, डा। सुरेन्द्र यादव, बिमल श्रीवास्तव,प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ लगायतका सांसदहरु अलग्गै पार्टी खोल्ने निर्णय गरेको थियो ।

तर राष्ट्रिय जनता पार्टी संग उपेन्द्र यादव र बाबुराम भटराईले एकिकृत भएर जनता समाजवादी पार्टी गठन भएपछि फुटको मुद्दा दविएको थियो । मधेश आन्दोलीत भएको बेलामा उपेन्द्र यादवले मधेशको विरोधमा रहेका केपी ओलीको सरकारमा सामेल भएर मधेशी जनताको पिडामाथि नुन छर्केको भन्दै रेणु यादव लगायतले उपेन्द्र यादव संग अलग हुने सोच वनाएकि थिइन ।

यता परिस्थिती अहिले उल्टो हुदै जनता समाजवादी पार्टी महन्थ पक्षले सोहि केपी ओलीको सरकारसंग मधेशका मुद्दाहरुलाई सम्वोधन गराएर मधेशी जनतासंग गरेको प्रतिवद्धता पुरा गरेपछि उपेन्द्र यादवको विश्वासपात्र समेत रहेको रेणु यादव लगायतका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई पार्टीमा साथ दिने सोच वनाएपछि उपेन्द्र यादवले कारवाही गर्ने निर्णय गरेको विश्वस्त स्रोतबाट खवर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *