बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १८, २०७८
प्रदेश नम्बर २ को महोत्तरीको बर्दिवास स्थित बन्ने भनिएको मेडिकल कलेजको लागि हजारौ रुख विरुवा काटिने भए पछि वन प्राविधिकहरुले विरोध जनाएका छ।
नेपाल सरकारले महोतरीको बर्दिबासमा बनाउने भनिएको मेडिकल कलेज बन क्षेत्रमा बनाउने देखिएपछि त्यसको विरोध हुन थालेको छ।
गत जेठ १५ गते प्रस्तुत संघिय बजेजमा नेपाल सरकारले बर्दिवासमा मेडिकल शिक्षण अस्पताल बनाउने गरि बजेट बिनियोजन गरेको र मेडिकल कलेज बनाउनको लागि हजारौ रुख विरुवा नष्ट पार्ने भएपनि वन प्राविधिकहरुले विरोध जनाएका हो ।
वन जँगल पृथ्वीको फोक्सो भएको बताउँदै जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले चुरे विनाश गरी मेडिकल कलेज मान्य नहुने बताएका छन् । उनले बर्दिवासमा मेडिकल कलेज खोल्नु स्वागतयोग्य निर्णय रहेको भएपनि वन जँगल र चुरे क्षेत्र मासेर बनाउनु तराई मधेशलाई मरुभूमि बनाउनु सरह रहेको बताए ।
मेडिकल कलेजका लागि स्थान छनौट गर्दा ५४.०० हेक्टर बनक्षेत्र फडानी गरि स्वीमिङ्ग पुल सहितको मेडिकल कलेज खोल्ने तयारी भरहेको भन्दै त्यसो नगर्न जनकपुरधाम वन प्राविधिक समाजले विज्ञप्ती जारी गरेको छ ।
सरकारले तराई मधेशलाई मरभुमि हुन बाट बचाउन एकातर्फ कार्यक्रम ल्याउनु र अर्को तर्फ चुरे क्षेत्रको बिनास हुने गरि भौतीक संरचनाको समेत तयारी हुनु दुःखद रहेको समाजका अध्यक्ष राम स्वार्थ साह र महासचिव शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश २ मा मेडिकल कलेज खुल्नु स्वागत योग्य रहेको भएपनि बिकल्प हुँदा हुँदै चुरे क्षेत्र बिनास गरि विकासको नाउँमा तराई मधेशको लाइफलाईनलाई समाप्त गर्नु निन्दनिय हुने समेत चेतानवी दिइएको छ ।
सम्बन्धित संघिय र प्रदेश सहितका सवै क्षेत्रलाई लेखिएको विज्ञप्तीमा निर्णय नसचिए विरोधका कार्यक्रम सार्वजानिक हुने बताइएको छ ।
मँगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत मार्फत सो ज्ञापन बुझाउँदै मेडिकल कलेजको लागि विकल्प भएको अवस्थामा वन जँगल मास्न नदिने चेतावनी पनि दिएका छन् ।
चुरे विनाशको असर प्रत्येक वर्ष तराई मधेशमा बाढीको बेला देखिने गरिएको छ । चुरे विनाशकै कारण पनि तराई मधेशको सयौं गाउँ डुबानमा परी सयौँ जना विस्थापित हुने गरेको छ । मेडिकल कलेज खोल्नुपर्ने नितान्त आवश्यकता भएपनि वन जँगल मास्नुको विकल्प खोजेर गर्नुपर्ने माग वन प्राविधिक समाजले अघि सारेका हुन् ।