जेष्ठ १८, २०७८ | मुलुक डेस्क

जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अध्यक्ष डा.बाबुराम भट्टराईको पुतला दहन गरिएको छ ।
सोमबार सिरहाको मिचैयामा स्थानीयहरुले यादव र भट्टराईको पुतला दहन गरेका हुन् । मधेशी जनताको माग पूरा गराउने नाममा जहिले पनि धोका दिएको भन्दै यादव र भट्टराईको पुतला दहन गरिएको हो।

यता, भट्टराईले आफ्नै पार्टीका नेताहरुलाई भेडा र बाख्राको संज्ञा दिएको भन्दै आक्रोश व्यक्त भइरहेको थियो भने पुतला नै दहन गरिएको हो । उपेन्द्र यादवप्रति पनि पछिल्लो समय मधेशमा आक्रोश र अविश्वास बढ्दै गएको छ ।
