बद्री नाथ झा | जेष्ठ १५, २०७८

No description available.

निरन्तरको वर्षाको पानि जमेर महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको अधिंकाश भुभाग जलमग्न बनेको छ । अदुरदर्शी विकासे योजना र काम गर्ने ठेक्का पाएका ठेकेदारको लापरावहीको कारण दुई दिनकै निरन्तरको वर्षाको पानि जमेर जलेश्वर नगर क्षेत्र जलमग्न बन्न पुगेको हो । एडिवी सडक योजना अन्तर्गत जलेश्वर नगर क्षेत्र भित्रको सडक गहिरो पारिए पछि सदरमुकामको यो हविगत हुन पुगेको स्थानियहरु बताउँछन ।

जलेश्वर नगरपालिकाको बजार क्षेत्रकै मुल सडकमा एक फिट सम्म पानि जमे कारण सर्वसाधारणलाई आउजाउँमा कठीनाई उत्पन्न भएको हो । सडकहरुको अवस्था हेर्दा माछापोखरीकै स्वरुप बनेको छ । कतै पोखरी त कतै नदि जस्तै सडकहरुमै पानि वग्न थाले पछि स्थानियहरु सकसपुर्ण जिवन जिउन बाध्य छन । पिचको काम सकि सकेको सडकहरुमा पनि पानिको निकास राम्ररी सम्पन्न नभएका कारण स्थानिय वासिन्दालाई घरवाहिर निस्कन समेत एक फिट सम्म पानि छिचोल्नु पर्ने अवस्था रहेको छ ।

जलेश्वर बजराही सडक अवरुद्ध हुने अवस्थामा पुगेको बजराहीका स्थानिय संजित पाठकले बताएको छ । ‘ठेकेदारको लापरवाही र जनप्रतिनिधिको उदासिन्ताको कारण वजराही जलेश्वर सडक खण्ड थोरै पानि पर्दा अवरुद्धहुने अवस्था आएको छ । ’ स्थानिय पाठकले भने ‘ पानिले सडक अवरुद्ध हुने अवस्था वारे सरोकारवाला निकायलाई खवर गर्दा समेत टेरपुच्छर नलागउँदा सदरमुकामको यो हविगत हुन पुगेको छ । ’ यस्तै ठेकेदारको मनोमानी पुर्वक काम गर्ने परिपाटीकै कारण कति पय सडक महिनौ देखि अधुरै रहेको कारण ती सडकहरुमा घर वाहिर निस्क्ने अवस्था समेत नरहेको स्थानिय प्रकास साहले बताएको छ ।

लचमु माध्यमिक विद्यालय नजिकै आफनै घर अगाडीको सडक ठेकेदारहरुले ६ महिना अघि नै काम शुरु गरेपनि समयमै काम नगर्दा घर वाहिर निस्कन मुस्किल भएको साहले बताए । एडिवी परियोजना अन्तर्गत जलेश्वर नगरपालिकाको सुगा , बजराही धवौलि खैरा लगायतको सडकहरुमा पहिल्यै भन्दा पनि दुर्दशा हुन पुगेको सुगाका स्थानिय इन्द्रेश झाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *