जेष्ठ १४ २०७८ | मुलुक डेस्क
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइका लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन्।
राणाले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्द मोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ छन्।
संवैधानिक इजलासमा विघटनविरुद्ध दर्ता भएका ३० वटा रिटमा आजदेखि सुनुवाइ सुरु हुँँदैछ।
प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने सरकारको निर्णय सदर गरेर राष्ट्रपतिले चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धनले १४६ सांसदको हस्ताक्षर सहित रिट दर्ता गरेको छ। प्रधानमन्त्रीमा केपी ओलीकै निरन्तरता हुनु पर्ने भन्दै ४ वटा रिट दर्ता भएका छन्। यी सबै रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।