बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १४ २०७८

राजेन्द्र महतो द्वारा आफ्नो संसदीय कोषबाट करोनाको महामारी ८० लाख रुपैया प्रदान।

No description available.

धनुषा छेत्र नम्बर तीन का सांसद राजेन्द्र महतो द्वारा आफ्नो संसदीय कोषबाट ८० लाख रुपैया करोनाको महामारी लाई मध्य नजर गर्दै धनुषा जिल्लामा कोविड-१९ नियन्त्रण तथा अक्सिजन व्यवस्थापनको लागि प्रदान गर्नुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं.३ मिथिला आयुर्वेदिक रिसर्च सेन्टर,गंगुलीमा अस्थायी १५ सैयाको कोभीड अस्पताल संचालन गर्न रू २० लाख नगराईन नगरपालिका कोषमा दिनुभएकोछ भने अक्सिजनको अभावले कसैको अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई अक्सिजन खरिद गरी क्लोथ बैंक द्वारा संचालित अक्सिजन बैंक लाई रु.१० लाख सगैं जनकपुरधाम उपमहानगरपालिकामा कोविड-१९ को जोखिम बढिरहेकोले कोविड-१९ रोकथाम तथा नियन्त्रणको लागि जनकपुरधाम उपमहानगरपालिका द्वारा संचालित जोखिम न्युनीकरण तथा विपद व्यवस्थापन कोषमा रु.५० लाख दिनु भएको ज.स.पा केन्द्रिय सदस्य राजिव झा द्वारा जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *