बद्री नाथ झा | महोत्तरी जलेश्वर | जेष्ठ १३, २०७८

रिपोर्टिंगमा गएका पत्रकार चौधरीमाथि दुव्र्यवहार

महोत्तरीका एपिवन का पत्रकार नविन चौधरीमाथि दुव्र्यवहार भएको छ । सडकको पीसीसी ढलान २० घण्टा नबित्दै भत्किएको समाचार संकलनमा गएका चौधरीमाथि सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले दुव्र्यवहार गरेका हन् । जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान गरेको भिडियो खिचेको भन्दै उपभोक्त समितिका अध्यक्ष समेत रहेका रायले पत्रकार चौधरीलाई दुव्र्यवहार गर्दै मोवाईल खोसेर भिडियो समाग्री डिलिट गरेका हुन् ।

No description available.

पत्रकार नविन चौधरी

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए । किन सडकको भिडियो र फोटो खिचेको ? तुरुन्त डिलिट गर भन्दै रायले धाकधम्की र गाली गलौज गरी मोबाईल खोसेर संचारसमाग्रीे डिलिट गरेको पत्रकार चौधरीले दुखेसो पोखेका छन् ।पत्रकार चौधरीले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बिहीबार नै उजुरी दर्ता गराएका छन् ।यता पत्रकार चौधरीमाथि भएको दुव्र्यवहार र समाचार सामग्री डिलिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर भत्सर्ना गरेको छ ।

No description available.

यही बाटाको फोटो लिएको निहुमा पत्रकारलाई कुटेको हो ।

महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले एक प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना महासंघलाई किमार्थ स्वीकार्य नरहेको उल्लेख छ । घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् । रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

रायको अनुसार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ । रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडदार माग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *