६ जेष्ठ २०७८ | मुलुक डेस्क

बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बागमती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् ।

गठबन्धनका उमेदवार देवकोटाले  ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मतभार पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *