कृष्ण सिंह | जेष्ठ ४, २०७८
सर्लाही – कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाएका पालिकाहरूले अक्सिजनको जोहोमा जुटे पनि सिलिन्डर नै नपाएको बताएका छन्। पालिकाहरू भयावह स्थितिबाट जोगिन अक्सिजन सिलिन्डरको व्यवस्थापनमा जुटेका हुन्।
अक्सिजनकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताए। उनले गम्भीर बिरामी र अक्सिजनबिना समस्यामा परेका पालिकालाई पनि सक्दो सहयोग गर्ने जनाए। ‘हामीले पहिले नै कोरोनाको दोस्रो लहरले विकराल रूप ल्याउँछ भनेर आकलन गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गर्यौं, अक्सिजनकै कारण हरिवनका नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन,’ मेयर प्रसाईंले भने, ‘अन्य पालिकाका गम्भीर बिरामी परेकालाई पनि सक्दो सहयोग गर्छु ।’
प्रशासनले जिल्लाभरि अक्सिजनसहितको आइसोलेसन तयार भइरहेको जनाएको छ। जिल्लाभरि १ सय ४७ अक्सिजन सिलिन्डर रहेको जनाउँदै प्रशासनले थप व्यवस्थापन भइरहेको जनाएको हो। यसैबीच जिल्ला प्रहरी कार्यालयले सर्लाहीको तीनवटा चिनी उद्योगमा राखिएको १ सय २२ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ।
चिनी उद्योगमा ८० थान भरिएको र ४२ थान खाली रहेको अक्सिजन सिलिन्डर संकलन गरी जम्मा पारिएको हो। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा ती सिलिन्डर रहेको जिल्लाका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। संक्रमितलाई आवश्यक परे तुरुन्त पुर्याउने गरी राखिएको उनको भनाइ छ।