४ जेठ, २०७८ | मुलुक डेस्क

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद्‍ सचिवालयमा गराएका छन्। 

अध्यक्ष ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भए लगत्तै ठाकुरले संसदीय दलको नेता महतो भएको जानकारी मंगलबार संसद्‍ सचिवालयमा गराएका हुन्। 

ठाकुर समूहले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेता चयन गरेको जनकारी सचिवालयमा गराएको हो। नेता यादवले भने ठाकुरसँग नेता महतोलाई दलको नेता बनाउने निर्णय खारेज भएको बताएका थिए। 

विभाजनको डिलमा पुगेको जसपा भित्र मंगलबार मात्र फेरि अचम्मको मेलमिलाप देखिएको थियो। अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै ‘सरप्राइज एकता’को सन्देश दिएका थिए। 

यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित बनाएका बेला यादवले फेरि नेता महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी सचिवालयमा पठाएका हन्। यसले पुनः एकतामा अप्ठेरो पर्ने देखिएको छ। 

मंगलबार नै अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै पार्टी कार्यकारिणी बैठक बोलाएका छन् । ठाकुर र यादवले जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालयमा कार्यकारिणी बैठक बोलाइको छ । 

संसद्‍ सचिवालय अध्यक्ष महन्थ ठाकुरले पठाएको पत्र 

Leave a Reply

Your email address will not be published. Required fields are marked *