४ जेष्ठ २०७८ | मुलुक डेस्क
रौतहट प्रहरीले दश जुवाडेलाई जुवाखालबाटै पक्राउ गरेको छ। सोमबार राति सदरमुकाम गौरस्थित एउटा होटलमा जुवा खेलिरहेका दश जनालाई रौतहट प्रहरीले तास र ठूलो रकमसहित पक्राउ गरेको हो।
जिल्ला सदरमुकाम गौर नपा १ स्थित सूर्य बेम्बो रेस्टुरेन्टभित्र जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले सोमबार राति करिब साढे आठ बजेतिर छापा मार्दा गौर नपा १ का बीरा राय यादवका १९ वर्षीय छोरा करणकुमार यादव, गौर १ कै नागिन्द्र महताको १९ वर्षीय छोरा राजाबाबु महतो, स्थानीय बिहारी प्रसाद जयसवालका १९ वर्षीय छोरा विवेककुमार जयसवाल, सुरेश बैठाका १९ वर्षीय छोरा अर्जुनकुमार बैठा, बिगु महतोका २१ वर्षीय छोरा अरुणकुमार महतो, गौर ३ का अरविन्दकुमार झाका २१ वर्षीय छोरा आशीषकुमार झा, गौर ५ का मनद राय यादवका २२ वर्षीय छोरा शिवशंकर राय यादव, राजेवी नपा ४ का सुनिल झाको २२ वर्षीय छोरा पुसपेन्द्र झा, वडा नम्बर ६ का अलिश मिकरानीको २३ वर्षीय छोरा असलम मिकराी तथा सर्लाही जिल्लाको बलरा नपा ३ का रुद्र नारायण मिश्रका २२ वर्षका छोरा अभिषककुमार मिश्र रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
निषेधाज्ञाको समयमा जुवा खेलिरहेका सबैलाई पक्राउ गर्नुका साथै प्रहरीले होटल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ। जुवाको खालबाट प्रहरीले तीन सेट तासका साथै ६४ हजार १६५ रुपैयाँ नगद र ११ थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।