कृष्ण सिंह | २ जेष्ठ, २०७८
रौतहट : आइतबार एकैदिन रौतहटमा कोविड १९ का ७५ संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार भएको २३० जनाको स्वाब परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आइतबार थपिएका मध्ये सबै भन्दा बढी चन्द्रपुर नगरपालिका ३३ जना रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी चन्द्रपुरमा १ सय १३ जना र गौरमा १०८ संक्रमित रहेका छन्। यसैगरी वृन्दावन नगरपालिकामा ३ जना रहेका छन्। रौतहटमा कोरोना संक्रमितको कुल संख्या ६ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अस्थायी कोविड अस्पताल गौरमा चारजना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा एकजना संक्रमितको मृत्यु भएको छ ।