कृष्ण सिंह | २ वैशाख, २०७८

सर्लाही – कोभिड–१९ को दोश्रो लहरबाट सर्लाहीमा १९ जनाको मृत्यु भएको छ भने ६ सय ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार ८ सय १९ जनाको पिसिआर परिक्षणमा ५३४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन परिक्षणमा ३सय ८६ जना मध्ये ९३ जनाको पोजेटिभ रिपोर्ट आएको थियो ।
सर्लाहीमा पिसिआर र एन्टिजोन गरी जम्मा परिक्षण्को सख्या १२ सय ५ भएकोमा सक्रिय संक्रमितको संख्या ६सय२७ भएको जानकारी भएपनि विभिन्न ठाउँको रिपोर्ट अनुसार सर्लाहीमा हाल सम्म अधिकारिक रुपमा १९ जनाको मृत्यु भएको छ भने ६ सय ७० जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवन कुमार नायकले जानकारी दिए । जिल्ला वाहिर बाट पनि सर्लाहीका कोरोना संक्रमित थपिएकोले विवरण हेरफेर भएको स्वास्थ्य कार्यालय प्रमुख नायकले बताए ।