वैशाख २१, २०७८ | कृष्ण सिंह , सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ मा पूजाको प्रसाद खाएर एकैसाथ २५ जना बिरामी परेका छन् । शुक्रबार स्थानीय घमबहादुर कार्कीको घरमा आयोजना गरिएको रुद्री पूजाको प्रसाद खाएर पूजाका आयोजक कार्कीसहित उनकी श्रीमती, छोराछोरी र पूजा हेर्न आएका स्थानीयहरु जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ बिरामी परेका हुन ।

उनीहरुले सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका थिए । शुक्रबारदेखि नै उनीहरुमा पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो । आइतबार रातिदेखिनै उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ । प्रसादीमा कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए। बरालको घरका तीन जना बिरामी परेका छन् ।

त्यसैगरी जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी, उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मासहित अरु ५-६ जना छिमेकीहरु बिरामी परेका हुन् । बिरामी परेकाहरूको अहिले लालबन्दी स्थित मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *