वैशाख २१, २०७८ | मुलुक डेस्क
काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार दिउँसो बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थप कडाईसँगै निषेधाज्ञा थप गरिएको हो। यसअघि साँझ र बिहान पसल सञ्चालन गर्न दिइएको थियो। अब बिहान ९ बजेसम्म पसल खुल्न दिइए पनि साँझ पसल सञ्चालन गर्न पाइने छैन।