वैशाख २०, २०७८ | मुलुक डेस्क

बथनाहामा मलामी जादा गाउँ कै ३१जना कोरोना संक्रमित

गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना देखिएपछि गाउँभरि त्रा स फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाण देखिएपछि गाउँभरि नै त्रा स फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृ त्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोना देखिएको छ । मलामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोनाबाट दुईको मृ त्यु : जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृ त्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृ त्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृ त्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृ त्यु भइसकेको छ ।

निषेधाज्ञा जारी : जिल्लामा कोरोनाको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोरोनाको ‘चेन ब्रेक’ गरी सङ्क्रमण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएकोे छ । बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरुसमेत जारी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *