उपेन्द्र खनाल,

वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,

पर्यटकहरु इलाम घुम्न आउनुको मुख्य आकर्षण चियावारी हो । चिया बगानको मनमोहक दृश्यले पर्यटनको मन खिच्ने भएकोले पनि पर्यटनको उपयुक्त गन्तब्यका रुपमा इलामलाई लिने गरिएको छ । लकडाउन हुनुभन्दा अगाडि इलामको सुर्योदय नगरपालिकान पर्ने कन्याममा रहेको चिया बगान हेर्न आन्तरिक पर्यटकको भिड निकै बढेको थियो । पर्यटकहरु पनि त्यहाँ पुगेपछि फुरुंग हुन्थे । तर चाइनाबाट फैलिएको कोभिड १९ ले भने विस्व बजार नै प्रभावित गरायो । कोभिडले इलामलाई पनि असर पार्यो । जसका कारण धार्मीक एवंम पर्यटकीय क्षेत्र प्रभावित बन्न पुगे ।

कोभिडका कारण प्रभाबित बनेको इलामको पर्यटन क्षेत्रले बन्दाबन्दी खुकुलो भएसँगै फेरि बिस्तारै कोल्टे फेर्न थालेको छ । पर्यटकहरु चिया बगान हेर्नको लागि आउन थालेका छन । इलामको सोन्दर्य नै चिया बगानले बढाएको छ । पर्यटकीय क्षेत्रहरु जिल्लामा धरै भएपनि चिया बगान भने यहाँको छुट्टै आकर्षण रहेको छ । स्वदेश तथा विदेसबाट पर्यटकहरु यहाँ घुम्नका लागि आउने गर्दछन । कोभिड अघि बिदेसबाट समेत मानिसहरु आउथे तर पछिल्लो समय कोरोनाका कारण आउनै छाडे अब फेरि बिस्तारै मानिसको भिड बढ्दैछ, स्थानीय सोमप्रसाद पौडेल बताउँछन् ।
चियाले ख्याती कमाएको इलामको छुट्टै महिमा छ । चियाका थुम्का, झरना, पोखरी र पहराहरु इलामका पर्यायनै हुन । इलाम प्रकृतिप्रेमीहरुका लागि यौटा गन्तब्यको रुपमा चिनिएको छ । प्रकृति र यहाँको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन गर्नका लागि युवा–युवतीहरुको तँछाड–मछाड नै हुन गर्छ यो ठाउँमा ।

छिन–छिनमा परिवर्तन हुने यहाँको मौसम, हुस्सु र बादलुको लुकामारीले सबैलाई मन्त्रमुग्ध नै बनाइदिन्छ । यहाको बिहानको मनोरम दृश्यले त झन पर्यटनको मनै लोभ्याउछ । यहाँका लोभलाग्दा ठाउँहरु, मनोरम दृस्य र प्रकृतिले भरिएको यहाँको हरियालीले जो कोहीलाई पनि लालायित गर्छ । तराईबाट गर्मी छल्न आउने हुन् वा चियाबारीमा रमाउँदै आफ्नो तस्वीर क्यामेरामा कैद गर्न आउने हुन् उनीहरु बगानमा रमाइहाल्छन् । त्यहाँ बस्दा समय वितेको थाहा नै पाउँदैनन् । त्यसैले पनि यो ठाउँ प्रख्यात छ । यहाँको प्रकृतिसँग रम्दा आनदको अनुभुति हुने गर्छ ।

मानिसहरु रिफ्रेस हुनको लागि पनि चिया बगान पुग्छन । यहाँ धेरै नै चियाको बगान छ जसका कारण इलामलाई चियाको राजधानी पनि भन्ने गरिएको इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवीप्रसाद पौडेलको भनाइ छ । उनी भन्छन् ‘लक डाउन हुनु पहिले इलाम आउने पर्यटक एक लाख ६३ हजार थिए । पर्यटकको आगमनले यहाँको हरेक क्षेत्रलाई सहयोग पुगेको थियो । पर्यटकहरु आएपछि यहाँको छुट्टै महिमा थियो तर अकस्मात आएको कोभिडका कारण अन्य ठाउँमा जस्तै यहाँ पनि असर गर्यो । जसका कारण हरेक क्षेत्र धारासायी बन्यो । अव फेरी पहिलेको झै लयमा फर्किन समय त लाग्ला तर पनि विस्तारै पहिलेको ठाउँमा फर्किने आसा यहाँका स्थानीय तथा व्यवसायीको छ ।’

नेपालको सुदुरपूर्वी भागमा अवस्थित हरिया डाँडाकाँडाले ढाकिएको इलाम पूर्वमा भारतको पश्चिम बङ्गालको दार्जीलिङसँग जोडिएको छ भने पश्चितर्फ धनकुटा र मोरङ जिल्लासँग गाँसिएको छ । दक्षिणको सिमाना झापासँग र उत्तरतर्फ पाँचथरसँग जोडिएको इलाम १७०३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यम किसिमको हावापानी पाईने इलाममा अन्तुडाडाँबाट बिहानीको सूर्योदयको मनमोहक दृश्य र हिमाल सहित डाँडाकाडा छिचोल्दै बहने कुहिरोले इलामको सुन्दरतामा झन चमक थपिरहेको देख्न सकिन्छ ।

राता अकबरे खुर्सानीले भरिएका बट्टा, पोका–पोकामा सजिएका नौनी घ्यु, र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाइएका दृश्यले जो कोहीलाई इला बाट फर्कर जादा कोसेली नबोकी हिड्न मनले दिदैदिदैन । सजाएर राखिएका ती सामग्री घुम्न आउने पर्यटकको लागि मायाको चिनो जस्तै बनेको छ ।

त्यस्तै पछिल्लो समय इलाम फिल्म सुटिङ्गका लागि पनि उपयुक्त गन्तव्य बनको छ । विभिन्न म्युजिक भिडियो छायांकन गर्न यहाँ कलाकारहरु आउेन गर्छ्न । अहिले त युवापिढि टिकटक बनाउन पनि चिया बगानकै सहारा लिन्छन । सामाजिक संजालले गर्दा मानिसहरु टिकटक बनाउन बगान रोज्न थालेका छन् । टिकटककै कारण पनि कतिपय ठाउँहरु भाइरल भएका छन् । धार्मीक एवम पर्यटकीय क्षेत्रको गन्तव्यका रुपमा इलाम रहेपनि यसको प्रचारप्रसार गर्न नसक्दा कतिपय ठाउँहरु अझपनि ओझेलमा परेको समितिका महासचिव पौडेल बताउँछन् । उनी भन्छन् पाथीभराको माटो, माइपोखरीको जल र मेचीका उत्पादन सहित घुम्न जाउँ मेची अभियान संचालन गर्ने तयारी छ । कोभिडले गर्दा धारासायी बनेको यहाँको पर्यटन क्षेत्र उकास्न प्रचारप्रसार आवस्यक भएकाले अभियान थाल्ने तयारी छ । ‘हामीले यो विसयमा समितिमा छलफल पनि गरिरहेका छौ सायद बैसाखबाट यो अभियान थाल्छौ,’ उनले भने ।

इलामका पर्यटकिय स्थल सदमुकाम इलामबजार सहित देउमाइको पानीटार,सुर्योदयको कन्याम , श्रीअन्तु ,फिक्कल, पशुपतीनगर, रोङ गाउपालिकामा रहेको पाथिभरा सन्दपुरको गाँउपालिकाको माइपोखरी, सन्दकपुर डाँडाँ, ढाप पोखरी माङसेबुङ्गको गजुरमुखी,माङमालुङ्ग,लारुम्बा लगाएतका स्थान वाहिय र आन्तरीक पर्यटकका लागि घुमघामको कन्द्र बन्दै आएका छन् ।

बिबाह बन्धनमा बाँधिएपछि एकसाथ जीवन बिताउने प्रण गरेका जोडीका लागि इलाम घुम्नका लागि महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ । इलाम त्यस्ता जोडीहरूको अब्बल गन्तव्यभित्र पर्छ जहाँ सजिलैसित घण्टौ समय कटाउन सकिन्छ । हरियाली वातावरण र स्वच्छ हावापानी भएका कारण बिबाह बन्धनमा बााधेपछि इलामलाई हनिमुन गन्तव्य बनाउनेहरूको संख्या पनि बढ्दै गएको देखिन्छ । समय युग फेरिए सँगै इलाम पनि फेरिदै गएको जेष्ठ नागरिक भोज बहादुर कार्कीकोे भनाई छ ।

हरियो गलैँचा ओछ्याए जस्तै चियाबारी ,कुहरो सँग लुकामारी गरिरहने डाँडाकाडा , शीतल मौसम पूर्वको पर्यटकीय गन्तव्य इलामको विशेषता हो । तराईबाट गर्मी छल्न आउने हुन् वा चियाबारीमा रमाउँदै फोटो खिच्ने, सबैको प्रिय ठाउँ बनेको छ इलाम । यस्तो मनमोहक स्थानमा चियाका बुट्टासँग लुकामारी खेल्दै रमाउने जोडि पनि कम हुँदैनन् । चियाबारीको हरियालीसँगै प्रेम साट्ने चाहने जोडिका रमाउनेका लागि इलाम प्रमुख गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पत्रकार प्रकास नेपाल भन्छन् इलाम चियाको मात्र नभई प्राकृतिक सौदर्यले पनि भरिपुर्ण ठाउँ हो । यहाँ विभिन्न जातजातीका आआफ्ना परम्परा छन् । लोकसस्कृति, भेसभुसा तथा विभिन्न सस्कृति विभिन्न जातजातीले मान्ने गर्छन् ।

इलाममा थुप्रै चिया बगानहरु छन् । कन्याम, इलाम, पानीचार, जसविरेलगायत गरी ७० भन्दा बढी चियाका बगानहरु जिल्लामा छन् । इलाम किन जाने भन्ने पनि कतिपयको जिज्ञासा हुन्छ । धार्मीक एवम् पर्यटकीय क्षेत्र अवलोकन, हिमाल हेर्न, एग्रो टुरीजम, प्रकृतिमा रमाउन जान सकिन्छ । विसेसगरी गर्मी छल्नको लागि यो ठाउँ उपयुक्त छ भने यहाँको मौसम घण्टघण्टामा परिवर्तन हुने गर्छ । त्यसकारण पनि यो ठाउँ प्रसिद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *