मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,

 प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’को शुभारम्भ गरेका छन् । बिहीबार काठमाडाैँस्थित नापी विभागमा प्रधानमन्त्री ओलीले यो सिस्टमको उद्घाटन गरेका हुन् ।

‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ अन्तर्गत सेवा ग्राहीले घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउन सक्ने विभागले जानकारी दिएको छ ।

बिहीबारबाट काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुरमा लागू यो प्रणाली लागु भएको छ । अब बिस्तारै अन्य जिल्लाहरूमा पनि यो प्रणाली लगिने विभागले जनाएको छ ।

‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ लागु भएसँगै नक्सा प्रिन्ट र राजश्व बुझाउने काममा सेवाग्राहीले घन्टाैँसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विभागको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published.