रमेश लुइँटेल,

वैशाख १, २०७८,

फेवा हेरे फेवै राम्रो, रारा हेरे रारै राम्रो
शान्तिको जन्मभूमि लुम्बिनी झनै राम्रो
हिमाल पहाड तराई हेर, झनै राम्रो राम्रो
यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल ।

शिरको शोभा बढाइ राख्ने सगरमाथा हाम्रै
बिरको गाथा जोगाइ राख्ने गोर्खाली नि हाम्रै
एसियाको प्रकाश भनी चिनिने गौतम बुद्ध हाम्रै
यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल ।

राता गुरास डाफेमुनाल लेकबेसी हाम्रै
सहिदको रगतले पोतिएको देश हो यो हाम्रै
गन्डकी कणर्ाली सुस्केको छ हाम्रै
यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल ।

हिमाल हिमचुली हेर राम्रो कति हासेका
पहाड लेकबेसि हेर झनै कति नाचेका
तराई समथर फाट हेर कति राम्रो देखिएका
यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल ।

मोति जस्तै टल्कने ती ताल तलैया हाम्रै
कोइली जस्तै सुस्केरामा गीत हाल्ने बनपाखा हाम्रै
सयौं संस्कृतिको जन्मदाता देश हो यो हाम्रै
यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल ।

रमेश लुइँटेल
लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *