मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७,

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।

यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन्‌। ​विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामना सहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताए।

करिब दुई महिना लाग्ने अनुमान गरेपनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको उनले जानकारी दिए। कार्कीले मेचीदेखि महाकालीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेका हुन्‌। यात्रा सकेर दोलखा फर्किए का कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिने साइकलयात्रा गर्न लागेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *