मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि आन्तरिक रूपमा गरिरहेको ड्यु डेलिजेन्स अडिट (डीडीए) को रिपोर्ट आइपुगेको छ। औपचारिक निर्णय आउन बाँकी रहेको हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताए। हिमालयन र इन्भेष्टमेन्टको मर्जर हुँदा हालसम्मकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ। दुबै बैंकका सञ्चालक समिति बसेर औपचारिक रूपमा दुई बैंक मर्जरमा जाने समझदारी (एमओयू) हुने भएको छ। हिमालयन बैंकको २० प्रतिशत शेयर कर्मचारी संचय कोषको रहेको छ।

दुबै बैंकको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ हुने गरी समझदारी गर्ने तयारी भएको छ। हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिम बैंकमा रहेको सेयर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले सहमति जनाइसकेका छन्। मर्जरपछिको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राखिने गरी तयारी भइरहेको छ।

हिमालय बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ। दुई बैंकहरु आपसमा गाभिए पछि भने २४ अर्ब ९२ करोडको चुक्ता पुँजी पुग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *