मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षौपछि सँगै देखिएका छन्। पूर्व रानी कोमल शाहको ७१औं जन्मदिनको अवसरमा दुवैजना सँगै देखिएका हुन्। कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ। जहाँ पारस समेत उपस्थित थिए। पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन्। सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन्।

पारस र हिमानीबीच केही वर्षयता सम्बन्ध चिसिएको थियो। सोही कारण पारस निर्मल निवास बाहिर बस्दथे। समयको अन्तराल संगै पारस र हिमानी बिचको समय सम्बन्ध सुमधुर बनेको छ।

Leave a Reply

Your email address will not be published.