मुलुक डेस्क,
वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७,
पुरात्तत्वविद्ले प्राचीन रोमको पोम्पेई नगर नजिक २ हजार वर्ष पुरानो रथ फेला पारेको छ। उक्त चारपाङ्ग्रे रथ एउटा तबेला नजिक फेला पारिएको हो। जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए। उक्त रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ। अपवाद र राम्ररी संरक्षित अवस्थामा रथ फेला पारिएको उनीहरूको भनाइ छ। पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो।
उक्त नगरलाई पुरातात्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ। ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन्।
फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्था मा फेला पारिएको एउटा वक्तव्यमार्फत् जनाइएको छ। पुरातत्त्विद्हरूका अनुसार उत्खननका क्रममा जनवरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो।