सुजता लामा,

वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७,

बलात्कार पछि घाँटी थिचेर हत्या

करिब तीन वर्ष वित्न लाग्दा पनि निर्मला पन्तको रहस्य ज्यूँका त्यूँ नै छ। यस बीच देशभरमा अनेकौं बलत्कार र हत्याको घटना घटे। कतिपय घटनाका दोषि उपर कारवाही भयो भने अधिकांश राजनीतिक संरक्षण र अपराधको नाममा रहस्यमयी नै रह्यो। यसै श्रृंखला अन्तर्गत १७ वर्षीया भागरथी भट्टको पनि बलात्कार पछि हत्याको घटनाले नेपाली समाज फेरि मुक दर्शक बनेको छ।

बलात्कार भयो? पक्कै गर्ने भेडा होइन, पापी मान्छे नै होला! हत्या गरियो, अवस्य कसैले गरेकै होलान। यद्यपी अपराधी खुल्लापर्वक अर्को शिकारको खोजिमा आजाद घुम्दै छन्। दण्ड र कानूको नाममा राजनीतिक रंगले लिपापोती गर्दै नमुना छुटै पेश गरिएको छ। कञ्चनपुर बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले आजसम्म न्याय नपाएको घटनाले मर्माहत भएको नेपाली समाजमा बैतडी दोगडाकेदार–७, चडेपानीको भागरथीको बीभत्स हत्याले पुनः एकपटक सरकार, प्रशासन र न्यायसुरक्षा प्रति गम्भिर सवाल खडा गरेको छ।

बलात्कार हुन्छ, हत्या हुन्छ तर जादुको छडीजस्तै अपराधी वा हत्यारा फरार हुन्छ। प्रशासन र पुलिसले तमाशा हेर्दछ। सरकार आश्वास्नमै मुद्दा टाल्दछ। धिकार छ! हाम्रो व्यवस्था र वेतिथी! लुट, आतंक, अपराध र अपराधिलाई संरक्षणमै दिनरात समपर्ण गर्दछ।

गाँउपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी। माघ २१ गते बुधवार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकोमा भोलीपल्ट बिहिबार उनको शव छतबिछत अवस्थामा फेला परेको थियो। उनको शव घरभन्दा तीन किलोमिटर दुरीमा रहेको लडालेकको झाडीमा फेला परेको थियो। दुई महिनाअघि मात्र पति गुमाएकी दुरा भट्टले छोरी भागरथी गुमाएपछि बिक्षिप्त बनेकी छिन्। वास्तविक अपराधिलाई सजायको दायरामा ल्याउने प्रमुख माग आमा दुराको रहेको छ।

भागरथी भट्टको बलात्कार र हत्या परिचित व्यक्तिबाटै भएको प्रहरीको शंका जायज छ। बुधवार अपरान्ह करिब ३ बजे घटना हुन सक्ने अनुमान प्रहरी र पोष्टमार्टमा रहेको छ। बलात्कारपश्चात धारिलो हतियार प्रयोग गरी भाँटी थिचेर मारेको प्रष्टै देखिन्छ। जिल्ला अस्पताल बैतडीले दिएको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरिएको पुष्टि गरेको छ। प्रतिवेदनमा भागरथीको यौनाङ्गमा गहिरो चोटका साथै शरीरका अन्य भाग टाउको र हातमा चोटपटक लागेको उल्लेख छ। साथै डाक्टरका अनुसार बलात्कार एक जनाभन्दा बढीको संलग्नता रहेको जनाइएको छ।

भागरथी हत्या अनुसन्धानले हरेक कोणबाट छानवीन गरेर शंकास्पदहरुलाई समत्दै छोडदै गर्दै आएका छन्। यद्यपी प्रमुख अपराधी अझसम्म पक्राउ पर्न सकेको छैन। भागरथीको मोबाइलबाट कल डिटेललगायत घटनास्थलबाट धेरै कुरा पत्ता लागेपनि सहि दोषिलाई यकिनसाथ हथकडी लगाउन सकिएको छैन्। अनुसन्धानमा लापरवाही भनौं की दवाव र प्रभावका कारण दोषिलाई उम्काउने काम भएको सहजै अनुमान गर्न सकिन्छ।

अन्ततः प्रहरीले भागरथी पढ्ने विद्यालयकै कक्षा ११ का १७ वार्षिय दिनेश भट्टलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेको छ। दिनेश भागरथीकै छिमेकी पनि हुन्। दिनेशले पारिवारिक प्रतिसोधका कारण बलात्कार र हत्या जस्तो घृणित दुष्कर्म गरेको हो। प्रहरीका अनुसार दिनेशले आफ्नो अपराधलाई स्विकारेको भनाइ छ।

परिस्थिती जे होस तर बलात्कार जस्तो जघन्य अपराध समाजबाट निर्मूल हुनु पर्दछ। हत्याको आतंक बंद गरिनु पर्दछ। ठोस र सशक्त नीति नियम मात्रै नभई कठोर सजायको प्रावधान व्यवहारमा लागु हुनु जरुरी छ। सहि अपराधीलाई दण्डको दायरामा ल्यानु पर्दछ। सचेतता र जागरुकता समाजमा ल्याउन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *