मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

शहरी विकास योजना अन्तर्गत नेपालभरीका गाउँठाउँलाई सुबिधायुक्त सुन्दर र स्मार्ट बनाउने अभियान अन्तर्गत तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटी सहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार कामको सुरुवात भएको छ। नेपालको आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेशमा १५ सहर निर्माणको कार्य अघि बढेको छ। त्यस्तै, हुलाकी लोकमार्गसँग जोडिएर १० सहर निर्माण हुनलागेका छन्। झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रह्मपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, कैलालीको भजनी र कञ्चनपुर बेलौरीमा सहर बन्दै छन्। तराई–मधेशमै हुलाकी लोकमार्गसँग नजोडिएका विभिन्न स्थानमा ५ सहर बन्नेछन्। यसअनुसार सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटहरीया, दाङको गढवामा सहर निर्माण हुँदै छन्। सबै गरी तराई मधेशमा मात्रै २७ वटा नयाँ सहरहरुको आईडीपी तयार भई कार्यान्वयनको चरणमा रहेको विभागले जनाएको छ।

मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग हुँदै तराई, पहाड र हिमाली क्षेत्रमा नयाँ सहर तथा स्मार्ट सिटी बनाउन लागिएको हो। जसको लागि प्रत्येक सहर विकास गर्न कम्तीमा ५ देखि २० वर्ष लाग्ने अनुमान छ। नयाँ आधुनिक सहरहरुको लागि सरकारले २०७४/०७५ देखि नै वार्षिक रुपमा करिब २ अर्ब हाराहारीमा बजेट विनियोजन हुदैं आएको छ। चालू आर्थिक वर्षमा प्रत्येक सहरको भूगोलको सूचना संकलन, व्यवस्थापन र विश्लेषण गर्न प्रयोग गरिने जीआईएस म्याप, भवन निर्माण मापदण्ड तथा गुरुयोजना सहित ४५ वटा सहरहरुको विस्तृत इन्जिनियरिङ प्रतिवेदन र लागत अनुमान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अबका केही वर्षभित्रै १३ स्मार्टसिटीसहित ५० आधुनिक सहरको नयाँ नेपाल देख्न सकिने छ। ५० मध्ये २७ नयाँ सहरको इन्टिग्रेटेट डेभलपमेन्ट प्लानिङ (आईडीपी) अर्थात एकीकृत विकास योजना तयार भएको छ। २७ नयाँ सहरमा १२ वटा मध्यपहाडी लोकमार्गमा अवस्थित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *