पुजा डोटेल,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७

तिमीले लगाएको त्यो घाटी मुनीको खुल्ला निलो टिसर्ट, सायद त्यसमा निलो समुन्द्रको गहिराई थियो। त्यसैले त अझैपनि मेरा नजरहरु त्यतै कतै अल्झिरहेका छन्। टाढा बाट देखेको तिमीलाई त्यो साँझ आफ्नो समिप महसुस गर्दा घुल्यौ तिमी म भित्र र म भुले आफु भित्रै। हो, त्यो भेट विल्कुल नयाँ थिएन! न त पहिलो नै?

भेट त त्यो पहिलो थिएन, तर पनि मलाई प्रष्ट याद छ। तिम्रो निलो टिसर्ट संगै चम्किएको सफेद मुस्कानले मेरो कालो आखाँहरुलाई कसरी आफुतिर तानेका थिए। आज पनि कतै परेलीहरुबीच पहेली बनेर तिम्रै तस्विर अल्झिरहेको छ। मेरा खुल्ला आँखा र गाँसिएका परेलीले तिम्रै तिर इसारा गरे। जब टाढा बाट तिमी मिठो मुस्कान दिँदै थियौ, म हराउन थाले तिम्रो सामिप्पेतामा। तिमीले लगाएको त्यो घाटी मुनीको खुल्ला निलो टिसर्ट, सायद त्यसमा निलो समुन्द्रको गहिराई थियो। त्यसैले त अझैपनि मेरा नजरहरु त्यतै कतै अल्झिरहेका छन्। टाढा बाट देखेको तिमीलाई त्यो साँझ आफ्नो समिप महसुस गर्दा घुल्यौ तिमी म भित्र र म भुले आफु भित्रै। हो, त्यो भेट विल्कुल नयाँ थिएन! न त पहिलो नै? तर किन हो त्यस दिन लाग्थ्यो, मेरा गालामा चुमिएर बग्ने हावाका हरेक स्पर्शहरु तिम्रो ओठबाट ठोक्किएर आएका हुन्। मैले तान्ने हरेक सास सायद तिमीले नै फालेको हो। तिम्रो निलो टिसर्टमा शितलता थियो वा सन्तुष्टी, आज पनि मेरा मनहरु त्यतै कतै भुलिरहन्छ।

त्यो साँझ एक भिन्न माहोल थियो। त्यो व्यस्त भिड बिचको शान्त एक पल निकै प्यारो थियो। तिमीसंग बोल्नु खोज्दा खोज्दै यी ओठहरु आफै सुक्न थाले। मनमा उत्सुकता बोकी महसुस गरेका हरेक कुरा तिमीलाई भन्छु। समुन्द्र झैं विशाल र गहिरो भावले मन तरंगीत भएको महसुस गरे। यो सोचेर भेटन् आएकी त्यो साँझ, अब बोल्न आँट गरे। म बोलाउथे, घरी घरी तिमी थोरै टाउको घुमाएर हेरथ्यौं मलाई, तिम्रो हेराइसंग मेरो गरिहरोप्रेम थियो। तिमी केही सोध्थ्यौं, अनि म के बोल्ने सोच्दा सोच्दै फेरी अर्को प्रश्न आउथ्यो? मानौं मेरा मनका हरेक प्रश्नवाचक चिन्हलाई तिमी पुर्णविराम लगाउँदै छौं। तब मेरा भावनाका किरणमा क्रमश अल्पविराम थपिदै गए। जसको निम्ति म पहिला देखि पागल थिए उसको अगाडि स्वभाविक भएको नाटक गर्दै थिए।

दुनियाँभरको साहस जुटाएर जब मेरा मनका कुरा क्रमश खोल्दै गए . . कसम के बोले भन्ने आफैलाई याद भएन। मानौं यो सब दिनभर पाठ घोके झै घोकेर आएको थिए। जसरी गरे तर प्रिय मेरा मनमा रहेका मायाका हरेक भावलाई तिम्रो सामु प्रस्तुत गरे। अब पर्खाइ तिम्रो जवाफको? त्यो एकपलको एकान्तले सदियौंको आभाष भयो। हजारौं कुरा मनमा खेल्न थाले। एक प्रकारको डर अनि छटपटी! त्यो माहोल यस्तो थियो कि म तिमीलाई प्रेम गर्नबाट आफैलाई रोक्न सकिन्। त्यो पल, त्यो क्षण सायद जिन्दगीको अविस्मरणीय पल बने मेरा लागि। जब तिम्रो चन्चल आँखामा टिलटिल आँसु देखे तब कस्सेर अङगालोमा बेरे। कसम मन थियो, तिमीलाई यसरी नै बाँधेर राखु। यी अङगालोमा जसरी बुढो पीपलको जराले भिरलाई बाध्छ। तर माफ गर प्रिय, यी हातहरुले केवल तिमीलाई सुमसुम्यो मात्र। अब दुबैको मौनतामा म एकहोरो भए। त्यतिकैमा तिम्रा दुई औला बिचबाट चुरोटका धुवाँ निस्कन थाले तब लाग्यो, कास म त्यो चुरोट हुन्थे। त्यो साथ, त्यो पल अनि त्यो क्षणिक महसुस यति खास भयो कि क्षणभरका लागि मेरा सारा दुनियाँ अनि सपना तिमी नै बन्न पुग्यौं। हो त्यो भेट! निकै भिन्न भयो। अब मेरा मनका हरेक कुरा तिम्रा सामु थिए, म रित्तिएको थिए, केवल तिम्रो निम्ति।

सायद तिमीलाई पनि त्यही प्रेम महसुस भएको हुनुपर्छ। जब भन्यौं “जीवनमा चाहेको कुरा पहिलो पल्ट बिना संघर्ष पाए”। त्यो पल अनि त्यो खुसी सबैभन्दा अमुल्य बन्न सफल भयो। अब तिम्रा हातका औलाहरु बिच सल्किरहेका चुरोटले रात परेको संकेत गर्न थाले।

हो त्यो साँझ, मैले मेरो प्रेम पाए। तर अब मेरा लागि प्रेम त्यो इन्द्रेणी जस्तो रङ्गीन छैन। मेरो प्रेम त त्यही निलो टिर्सट बाट सुरु भएर तिम्रो सुन्दर हेराइको गहिराइमा गएर टुङ्गगियो। आजकाल त्यसैले होला निलो रङ अति प्रिय बनेको छ। त्यो साँझ, त्यो साथ अब फेरी नसिब होला कि नहोला? तर हरेक साँझ म फर्केर त्यही साँझ सम्झन्छु। हो त्यही साँझ जहाँ तिमीलाई अन्तिम पल्ट नियाले। तिमीले सरक्क हालेको अङगालो, मेरो सायद त्यो पहिलो क्षण थियो। जहाँ मेरो शरीर कैद भएर पनि म आजाद थिए। तिम्रो दाहिने गाला जब ठोक्कियो मेरो देब्रे गालाको छालामा। अनि सलबलाए तिमीलाई असाध्यै सुहाउने दाह्रीका मसिना केशहरु कसम बिजाएनन् रत्तीभर पनि। उल्टो काउकुती लगाए। प्रेमको आभाष गराए। गहिरो याद दिलाए। हो त्यही साँझ मैले मेरो प्रेम पाए।

पुजा डोटेल
लेखिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *