संजीव सिंह,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

योगी सन्यासी साधु सन्त तपस्याले सिद्धि प्राप्त गर्दछन्। सिद्धि वा सिद्ध हुनुको अर्थ हो परिपूर्ण। अभ्यास वा साधनामार्फत अलौकिक शक्ति संचित गर्नु। जीवनमुक्ति को बाटो रोज्नु, देवत्व धारण गर्नु नै योगी जीवन हो। आध्यात्मिक अनुशासनको मार्ग अनुशरण गर्नेले नै यो लक्ष्य प्राप्त गर्दछन् । नाथ सिद्धहरु मध्यकालिन युगमा तांत्रिक परम्पराको एक मात्र विध्यमान प्रतिनिधि पात्र हुन्। यस्तै पात्रमध्ये एक हुन् – योगी अंकितनाथ बाबा।

गुरु गोरखनाथका शिष्य एवं सिद्ध पुरुष योगी अंकितनाथ नागा साधु हुन्। नागा पनि कस्तो ? जसले आफ्नो लिंगलाई न छेदन गरे न कुनै भेदन ? पूर्णरुपमै लिंग काटेर शरिरबाट अल्लग्याएका सहनशिल योगी । २२ वर्षिय अंकितनाथ १ वर्षको उमेरदेखि साधुको संगतमा सत्संग गरेका सिद्ध पुरुष हुन्। हिन्दु धर्म मार्फत मानवताको सेवा र सत्कारमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने लक्ष्यका साथ साधनामा निरन्तर तल्लिन हुन्। भारत उत्तर प्रदेश मेरठ जिल्लास्थित हस्तिनापुर गुरुगद्दीका महंथ अंकितनाथ युवा उमेरमै लगभग सबैजसो तिर्थस्थान भ्रमण गरिसकेका छन्। यसै क्रममा पशुपतिनाथको यात्रा निरन्तर विगत ७ वर्षदेखि गर्दै आएका हुन्।

अघोरी बाबा मोनुनाथ

सेवाभावको कुनै रुप र रंग हुदैन! यो आफैमा स्वउत्पन्न हुने चाहना हो। भन्निछ नि “जहा चाह, वहा राह’’ अर्थात ‘जहाँ इच्छा, त्यहाँ उपाय’। यसै भवलाई समेटेर इश्वरप्रति आस्थावान र मानव सेवामा समर्पित योगी अंकितनाथ विगत चार वर्षदेखि निरन्तर पशुपतिमा श्रद्धालु भक्तजनका लागि शिवरात्रिको अवसरमा भोजनको व्यवस्था गर्दै आएका हुन्। एक पटक शिवरात्रिमा दर्शन गर्न आएका एक भक्तजनको पर्स (बटुवा) चोरी भएपछि खानाका लागि व्यकुल भएको अवस्थामा आफुसंग पैसा माग्दाको प्रसंगले यो सेवा भावमा उत्प्रेरणा जागेको बताउँछन् बाबा। पशुपति बनकाली हंषा मंडपमार्फत भण्डारा र पुजाआजा आयोजनामा मस्त र लिन देखिन्छ बाबा। प्रत्येक वर्ष हजारौ श्रद्धालुलाई भोजनको व्यवस्था गर्दै आएका बाबासंगै अघोरी बाबा मोनुनाथ लगायतका साधु नागा बाबाहरु शिवरात्रिमा नेपाल आउने गर्दछन्।

कोही पनि भोकै नबसुन, ज्ञान र संस्कारको माध्यमले मानवतालाई परिस्कृत गर्ने मूल मर्मका साथ साधनामा लागेका योगी अंकितनाथ यसैगरी प्रत्येक वर्ष पशुपतिमा सेवा गर्दै जाने आकांक्षा प्रकट गरे। नेपालकै श्रद्धालु भक्तजन तथा दानी हातहरुले यो सबै प्रबन्ध जुटाई दिएको बताउछन् बाबा। उनको यस पुण्य सेवाधर्मको कार्यमा नविनचन्द्र श्रेष्ठ, विजय सिंह, राजु थापा, कुमार खड्का सहितको टिमले सहयोग गरेको बताउँछन् योगी अंकितनाथ बाबा। आस्था र विश्वासले सतकर्म गर्दा पक्कै फलिफाप हुने र इश्वरीय अनुकम्पा हुनेमा उनी ढुक्क रहन आग्रह गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *