मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको स्वादमा अब्बल मिस्टर डोबल्स नम्बर वान लक्जरी लन्च भएको छ। नेपाल लिकसे प्रा.लि.ले यो प्रोडक्ट ७५०, ३७५ र १८० मिलिलिटरको बोटलमा बजारमा सार्वजनिक गरेको छ। क्रमशः रु.९२०, ४३० र २३० मा उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपाली लिकर ब्रान्डमा अलग्गै पहिचान स्थापित गर्न सफल यस कम्पनीले हाल एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लू रिब्यान्ड जिन लगायतका उत्पादन गर्दै आएको जानकारी कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरले बताए।