मुुलुक डेस्क,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
नेपाल सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव हालै मनाएको छ । रजत महोत्सवपश्चात धमाधम शाखा विस्तार गर्ने क्रममा कर्मचारी नियुक्तिसंगै महाप्रबन्धकमा शोभा श्रेष्ठलाई नियुक्त गरेको छ । वित्तिय क्षेत्रमा करिब २५ वर्षे लामो अनुभव संगालेकी नवनियुक्त शोभा यसै कम्पनीमा २०५४ सालदेखि २०६३ सम्म विभिन्न पदिय मर्यादामा रहेर काम समेत गरेकी हुन् ।
काठमाडौं बागबजारबाट आफ्नो वित्तिय कारोबार गर्दै आएको नेपाल सहकारीले भविष्यमा उपत्यकाको तीनै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । पोखरा, वीरगंज र मनराकट्टी महोत्तरीमा समेत आगामी वर्ष शाखा विस्तार गर्ने योजना रहेको संस्थाका कार्यकारी प्रमुख राकेशकुमार सिंहले बताए । लामो समयको अनुभव र पुरानै कर्मचारीलाई पुनः कम्पनीमा नयाँ जिम्मेवारीका साथ नियुक्त गर्न पाएकोमा कम्पनीका अध्यक्षलगायत कम्पनी उत्साहित रहेको समेत उनले जनाएका छन् । महाप्रबन्धक श्रेष्ठको अनु्भव र सहकार्यले नेपाल सहकारीले भविष्यमा थप नयाँ उचाँई प्राप्त गर्नेमा अध्यक्ष ढुक्क देखिन्छन् ।