मुलुक डेस्क,
फाल्गुण २० | २०७७
राजविराजमा सञ्चालित राजविराज प्रिमियर लिगमा बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई ११४ रन बनाएको थियो । जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले २७ रनको योगदान गरेका थिए ।
रुपनी गाउँपालिकाको तर्फबाट अशोक मेहताले २ तथा चन्दन झा र जय चौधरीले १/१ विकेट लिएका थिए । जितको लागि १४ ओभरमा ११५ रनको लक्ष्य पछ्याएको रुपनी गाउँपालिकाको टिम निर्धारित १४ ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो । रुपनीका लागि गुणानन्द रायले अविजित २५, जय चौधरीले अविजित २३ तथा विवेक चौधरीले १४ रनको योगदान गरेका थिए ।
तिलाठीकोइलाडीका दिपेश सरदार र अजय मरिकले १/१ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडीका साकेत सिंहलाई म्यानअफ द म्याच घोषित गरियो । तिलाठी कोइलाडी गाउँपालिकाको तेस्रो खेल शनिबार विहान ९ बजेदेखि राजविराज नगरपालिका वडा नं. ५ सँग हुने बताइएको छ ।