मुलुक डेस्क ,
वर्ष : ०३ |अंक : २२ | फाल्गुण २०७७,
फाल्गुण २० गते बिहिबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने ।
न्याय र न्यायलयको गरिमाको लागि ख्याती कमाएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको ९० वर्षको उमेरमा निधन भएको छ । सर्वोच्च अदालतका ९वौं प्रधान न्यायाधीशको रपमा झण्डै २ वर्षसम्म सिंहले फैसलाहरु सुनाएका थिए । उनको कार्यकाल सर्वोच्चमा २०५२ असोज १० देखि २०५३ पाल्गुण ०३ सम्म रह्यो । नेपालका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको २०७७ फाल्गुण १८ गते मंगलबार साँझ ७ः३० मा असामयिक निधन भएको हो । उनको निधनमा शोक मनाउन फाल्गुण २० गते बिहिबार एक दिन देशभरीका अदालत बन्द रहने छ ।
पूर्व प्रधानन्यायाधीश सिंहको असामयिक निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूणीय क्षति पुगेको सर्वोच्च अदालतको प्रेस विज्ञप्तीमा उल्लेख छ । स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवं न्याय कानून क्षेत्रको विकासका लागि सिंहले अतुलनिय योगदान गरेको समेत उल्लेख गरिएको छ । संविधान र कानूनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल, अत्यन्त मिलनसार, विवेकशील, सहदयी, मृदभाषी, न्यायका मर्मज्ञ एवं अनुभवी न्यायिक व्यक्तित्व स्वर्गीय सिंह न्याय र कानूनका क्षेत्रका आर्दश व्यक्तिव रहेको समेत सो विज्ञप्तीमा उल्लेख छ ।
२०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका सिंहले भारतको मुम्बईस्थित सरकारी ल कलेजबाट उच्च शिक्षा प्राप्त गरेका थिए । वि.सं.१९८८ फाल्गुण ३ गते सर्लाहीको हथिऔंलमा जन्मेका सिंहको अन्तिम सास काठमाडौं स्थित मेडिकेयर अस्पतालमा मंगलबार साँझ ७ः३० मा सदाका लागि बन्द भएको थियो ।