मुलुक डेस्क,

फाल्गुण,१९ | २०७७

राजविराजमा सञ्चालित राजविराज प्रिमियर लिगमा बुधबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले राजविराज नगरपालिका ११ फर्सैठलाई ६ विकेटले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ्ग गरेको फर्सैठले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १३० रन बनाएको थियो । तिलाठी कोइलाडीले १६ ओभर ५ बलमा ४ विकेट गुमाई विजयी हासिल गर्‍यो ।तिलाठीको लागि कप्तान दिपेश सरदारले २१ बलमा अविजित ३४ रन, साकेत सिंहले १८ बलमा अविजित २८ रन, सुरज मण्डलले २५ रनको योगदान गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भयो । फर्सैठका लागि अमन यादवले २ तथा सचिन यादव र सन्तोष खड्काले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ्ग गरेको फर्सैठले २० ओभरमा ७ विकेट गुमाई १३० रन बनाएको थियो । जसमा सन्तोष खड्काले सर्वाधिक ३७, सचिन यादवले ३०, पारश यादवले अविजित २२, वसन्त यादवले ११ तथा मनोज यादवले १० रनको योगदान गरेका थिए । तिलाठी-कोइलाडीका सुरज मण्डलले ३, दिपेश सरदारले २ तथा अजय मरिकले १ विकेट लिएकाथिए । उक्त खेलमा तिलाठी कोइलाडीका सुरज मण्डललाई म्यानअफ द म्याच घोषित गरियो । तिलाठी कोइलाडी गाउँपालिकाको दोस्रो खेल विहिबार विहान ९ बजेदेखि रुपनीसँग हुने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *