मुलुक डेस्क,
वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७,
एसुसले आफ्ना चार नयाँ ल्यापटप जेनबुक १३ (यूएक्स ३२५०) जेनबुक १४ (यूएक्स ४२५०) जेनबुक १४ (यूएक्स ४३५०) र जेनबुक फ्लिप १३ (यूएक्स३६३०) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
एसुसका दुई ल्यापटप जेनबुक १३ (यूएक्स ३२५०) जेनबुक १४ (यूएक्स ४२५०) हरु क्रमशः १३.३ र १४ इन्च मात्र मोटा छन् । फूल आईरओ पोट्र्स भएका यी ल्यापटपहरुमा ११ जेनेरेसनको इन्टेल कोर सीपीयू र इन्टेल आइरिस एक्स ग्राफिक्स र फोर साइडेड नानोएज डिस्प्ले छ ।
कम्प्याक्ट, आकर्षक तथा मेटलबाट निर्मित यी दुवै ल्यापटपहरुको च्यासिस १३.९ मिलिमिटर पातलो छ । जसमा १.०७ केजीको तौल छ । यसको ब्याट्रीलाइफ २१ घण्टासम्म टिक्छ भने यी २ कलर अप्सनमा उपलब्ध छन् । अल्ट्रा थिन डिजाइनका यी ल्यापटपहरुमा फूलसाइज एचडीएमआई र यूएसबी टाइप ए पोर्ट छ भने थण्डरबोल्ट फोर यूएसबी सी र एउटा माइक्रोएसडी कार्ड रिडर छ ।
यसमा भएको कम्प्याक्ट फोर साइडेड नानो एज डिस्प्लेले ९० प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ जसमा इमर्सिभ भिजुअल साथ अल्ट्रा लो पावर अप्सन पाउन सकिन्छ । आई फाइभ र आई सेभेन इन्टेल चिपसेट सहित उपलब्ध यी दुवै ल्यापटपमा ८ र १६ जीबीका दुई र्याम भेरियन्ट पनि उपलब्ध छन् ।
ब्याट्रीको कुरा गर्दा जेन १३ (यूएक्स ३२५०) मा ६७ वाट लिथियम पोलिमर ब्याट्री छ जुन १८ घण्टासम्म टिक्न सक्छ भने अर्को जेनबुक १४ (यूएक्स ४२५०) ६७ वाटको लिथियम पोलिमर ब्याट्री छ जुन २१ घण्टासम्म टिक्दछ । क्यामेराको कुरा गर्दा यी दुबै ल्यापटपमा एचडी इन्फ्राड वेबक्याम सपो्ट विण्डोज हेल्लो छ । यी दुबै ल्यापटपमा विण्डोज १० होम अपरेटिङ सिस्टम छ । ग्राफिक्सको कुरा गर्दा यसमा इन्टेल आइरिस एक्स ग्राफिक्स छ । दुबै ल्यापटपमा ५१२ जीबीको स्टोरेज छ ।
माग २८ गतेदेखि यी दुबै ल्यापटप देशभरका प्रमुख कम्प्युटर स्टोर तथा नागमनी डटकम डट एनपीमा उपलब्ध छ । मूल्यको कुरा गर्दा जेनबुक १३ (यूएक्स ३२५०) को आइ फाइभ चिप भेरियन्टको मूल्य एक लाख ३३ हजार ३३३ रुपैयाँ रहेको छ भने आइ सेभेन वाला भेरियन्टको मूल्य १ लाख ५४ हजार ४४४ रहेको छ । यस्तै, जेनबुक १४ (यूएक्स ४२५०) को आई फाइभ चिप भेरियन्टको मूल्य १ लाख ३३ हजार ३३३ रुपैयाँ रहेको छ भने अर्को मोडल आई सेभेनको मूल्य १ लाख ५४ हजार ४४४ रहेको छ ।