मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा मधु मरासिनी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष पदमा बासुदेव अधिकारी रहेकोमा उनले राजीनामा दिएपश्चात् मरासिनी अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव समेत भइसकेका मरासिनी आर्थिक तथा प्रशासनिक कार्यमा अब्बल मानिन्छन् । न्युयोर्कमा कन्सुलर जनरलको पदमा रहँदा निकै सकृय र कामकाजी अधिकारीको छवि बनाएका मरासिनीलाई नेपाल बैंक लिमिटेडले अध्यक्ष पदमा नियुक्त गरेको बताइएको छ । न्यूयोर्कमा कन्सुलर जनरल भएका समयमा उनले नेपालको व्यापार र पर्यटन प्रवर्धनका लागि प्रचार प्रसारका क्षेत्रमा निकै उल्लेख्य काम गरेका थिए ।

सोही समयमा नेपालबाट चोरी भई न्यूयोर्क लगिएका झण्डै आठ सय वर्ष पुराना मूर्तीहरु पनि नेपाल सरकारलाई फिर्ता दिलाउन उनले उल्लेख्य पहल गरेका थिए । मरासिनीसँग विश्व बैंकमा समेत काम गरेको अनुभव रहेको छ । सोही आधारमा अध्यक्ष मरासिनीको कार्यकालमा नेपाल बैंकले निकै बैकले अझ बढी उचाई लिने विश्वास गरिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड चार लाख २३ हजार एक सय एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३५ करोड २३ लाख ९६ हजार आठ सय ६३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख ६८ हजार आठ सय १९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १६ अर्ब ६१ करोड छ लाख ७० हजार आठ सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ९७ करोड १३ लाख ९८ हजार सात सय ८८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ८८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दसमलव ३९ प्रतिसतको स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने ६७ करोड ८२ लाख पाँच हजार छ सय ७७ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब ५३ करोड तीन लाख ८० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३० करोड ३७ लाख ५२ हजार चार सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ७४ करोड ५० लाख ७९ हजार सात सय आठ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ६६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर भने चार दसमलव ४४ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *