मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
विश्व भरमा सबैभन्दा बढी तस्करी मानवकै हुने गर्दछ। चाहे त्यो मानसको बुद्धि, सौन्दर्य र शरीरकै किन न होस्। विषेशतः बालबालिकाको तस्करी मिडल इस्ट र साउथ एसियन लगायत अफ्रिकन मुलुकमा सबभन्दा बढी तदातमा हुने गर्दछ। मानव तस्करी मार्फत बलपूर्वक काम लगाउनु, शारीरक शोषण वा सेक्सुयल एब्युज, भिख मागन लाउनु, चोरी गराउनु तथा अन्य गतिविधिमा संलगन गराएर विश्वभरी मानव दलालहरुले खरबौं कमाउने गर्दछ।
विगित डेढ दशक यता अर्थात १५ वर्षमा बालबालिका तस्करी ३ गुणाले बढेको तथ्याकं हालै संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको छ। विश्वका १४८ राष्ट्रका मा करिब ५० हजार बालबालिका सन् २०१८ मा अवैध ओसारपसार भएको तथ्याकं लागु औषध तथा अपराध सम्बन्धी राष्ट्रसंघीय कार्यालयको एक अध्ययन प्रतिवेदनबाट खुल्लन आएको हो। तर वास्तविक संख्या अझ बढी हुने दावी अनुसन्धानकर्ताहरुको रहेको छ। विश्वभर बाट ल्याएको बालबालिकाहरुलाईं मुख्यतः यौनशोषण, बलपूर्वक बालश्रम र बेचविखनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।