मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
मानव सामाजिक प्राणी हो । समाजमा मिलेर सौहार्दपूर्ण वातावरणमा बस्नु मानवीय स्वभाव हो । विश्वास र भरोसामा मानवको सम्बन्ध टिकेको हुन्छ । तथापी मानवरुपी खोल ओढेका दानवहरु पनि प्रस्शत भेटिन्छ । प्रसंग हो, प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री डा. डिम्पल झाको बुवाको संन्र्दभ । ७० वर्षीय सुदर्शन पाठक रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं जनता समाजवादी पार्टीका नेता सांसद अनिल झाका ससुरा हुन । स्थानीय गौर नगरपालिका वड़ा नम्बर ५ मा सांसद झाले आफ्नै घरमा सञ्चालन गरेको रेडियो संस्कृतिको स्टेशन मैनेजरको रुपमा पाठकले जिम्मेवारी सम्भालदै आएका छन् । आफ्नै रेडियो स्टेशनमा काम गर्नको लागि राखेका एक नाबालिक माथि सांसद झाको ससुराले दुष्कर्म गर्ने प्रयास गरेको आरोप लागेको हो ।
आर्थिक अवस्था कमजोर भएकी बालिकालाइ घरयासीे काम काज गर्नका लागि राखिएको थियो । पाठकले उक्त १२ वर्षीय बालिकालाई बलात्कार गर्ने प्रयास गरेको संगिन आरोप स्वयम् बालिकाले लगाएकी छिन् । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अंतर्गत रहेका देवी परसा टोला निवासी उक्त बालिकाले घरमा ढोका लगाएर कपडा खोल्ने प्रयास गर्दा घरबाट भागेको प्रहरी समक्ष बयान दिएकी छिन् । बालिका घर बाट भाग्दै गर्दा पाठक (नाना) ले मोटरसाइकलबाट लखेटेको दावी उक्त बालिकाले गरिन् ।
बाल श्रम गराउनु कानूनी अपराध भएको जानकारी हुदा हुदै पनि पूर्व मन्त्री तथा सांसद झाले बालिकालाई काममा राखेका थिए । सांसदको ससुरा तथा राज्य मन्त्री झाको बुवा पाठकले भने आरोपलाई पूर्णतः अस्वीकार्य गरेका छन् । उनले आफ्नो छोरी ज्वाँइको राजनितिक चरित्र हत्या गर्ने उद्देश्यले आफू माथि गलत आरोप लगाएको दावी गरेका छन् । पाठकले उक्त बालिकाको बुवाको मृत्यु भएको र घरको अवस्था दयनिय रहेकोल काम गर्नको लागि राखेको स्वीकारेका छन् । महीना दिन देखि घरको काम गर्नको लागि आएको बालिकाको आमाले छोरीलाई दुष्कर्मको प्रयास भएको बताइन् । गाउँले प्रवीणको आग्रहमा छोरीलाई पठाएको जिकिर समेत गरिन् । उनले छोरी माथि अभद्र व्यव्हार गर्ने पाठकलाई कानूनी कारवाही गर्न दवाव सृजना गरिदिन सबै सित आग्रह समेत गरिन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बालिकाले दिएको बयानको आधारमा अनुसन्धानको कार्य भैरहेको जनाएका छन् ।