मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,

प्रदेश नं. २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने लक्ष्य सहित स्वास्थ्यको क्षेत्रमा ठोस कदम र गौरवको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै उद्घाटन गएिको छ । सबै तहको मेडिकल पढाईका साथ प्रदेश नं. २ को सरकारले धरान स्थित रहेको विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानजस्तै मेधश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन ल्याएको छ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक कार्यक्रमबीच मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन मुख्यमन्त्री मो. लालबाबू राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा गरेका छन् ।

ईमरजेन्सीका अवस्थामा पनि धरान नै रेफर गर्नुपर्ने बाध्यात्मक परिस्थितिको विकल्पमा प्रादेशिक अस्पातलमै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन संचालनपछि अब धरान जानुपर्ने बाध्यता हटने मुख्यमन्त्री राउतले जनाए । धरान स्थित रहेको घोपा क्याम्प (विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) जस्तै अब जनकपुरमा पनि हरेक रोगको उपचार सम्भव हुने मुख्यमन्त्री राउतको कथन थियो । उद्घाटन गर्दै उनले ईमरजेन्सी सहित ठुला र दीर्घ रोगका लागि पनि अब जनकपुरमै उपचार सम्भव हुने सपना साकार हुने जिकिर समेत गरे । यसअघि गम्भिर घाईते, टाउको सम्बन्धी इन्जुरी, कडा रोग, ईमरेन्जेन्सीको बेला बाठमाण्डौं वा धरान नै जानुपर्ने बाध्यता अब नरहने र सबै किसिमको रोगको उपचार पनि जनकपुरमै सम्भव हुने उद्देश्य प्रतिष्ठानको रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *