मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
नेपालकै जेठो र भरपर्दो बैंक नेपाल बैंक लिमिटेडले अब अनलाइन बाटै खाता खोल्ने व्यवस्था गरेको छ। डिजिटलाइज्ड सेवा मार्फत अब घरमै बसीबसी खाता खोल्नका लागि नेपाल बैंक लिमिटेडको वेबसाइटमा राखेको अनलाईन अकाउन्ट् ओपनिङ को ट्याबमा गएर क्लिक पश्चात खाता खोल्न सकिन्छ। खाता खोल्न आवश्यक कागजात, खातामा प्राप्त हुने ब्याजदर, ब्याज प्राप्त हुने अवधि आदिको बारेमा जानकारी अनलाइनमा सहजै पाइन्छ। यस सेवा मार्फत विदेशमा रहेका नेपालीहरूले पनि विदेशबाटै खाता खोलेर रकम जम्मा गर्न सक्नेछन्। हाल नेपाल बैंकमा खाता खोल्दा पहिलोपटकका लागि एटिएम कार्ड, मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ, डिम्याट अकाउन्ट् जस्ता सेवाहरू पनि निशुल्क प्रदान गरिन्छ।
नेपालकै पहिलो बैंकको रूपमा स्थापना भएको यस बैंकले पछिल्लो समयमा कन्ट्याक्टलेस एटिएम कार्ड, स्क्यान टु पे, क्युआर टेलर जस्ता अत्याधुनिक सेवाहरू समेत विस्तार गरेको छ। कुल १०३ एटिएम आउटलेट सहित देशभरमा १८७ शाखाहरु रहेको नेपाल बैंक नेपाली बैिकङ्ग जगतका भरपर्दो र विश्वासिलो बैंक हो।