मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

म्यान्मारमा नेत्री आङ सान सू ची सहित सयौं निर्वाचित सांसदहरुमाथि सेनाले कब्जम गरेको छ। सैनिक शासन लागु भएको छ। विवादित चुनावलाई लिएर सू चीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो। गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठनका लागि पर्याप्त सीट जितेको थियो। सू ची अहिले कहाँ छिन् भनेर सेनाले स्पष्ट पारेको छैन। एक वर्षका लागि संकटकाल लगाएका सेनाले तत्कालै केहि पनि सार्वजनिक गरेका छैन।

नवनिर्वाचित संसद्को पहिलो सत्र बस्नुअघि सेनाले निर्वाचनमा धाँधलीू भएको भन्दै सत्ता सेनाप्रमुखलाई सुम्पन लागेको बताएको थियो। सत्ता सेनाको हातमा गएको र एक वर्षका लागि देशमा संकटकाल लगाइएको घोषणा गरेको थियो। आङ सान सू चीले आफ्ना समर्थकहरूलाई ूयसलाई अस्वीकार गर्नू र कूविरुद्ध प्रदर्शनू गर्न भनेकी छन्। बर्मा पनि भनिने म्यान्मारमा सन् २०११ मा प्रजातान्त्रिक सुधार हुनुअघि सेनाले शासन चलाएको थियो।

सन् २०१५ मा दशक पछि खुला प्रतिस्पर्धाको पहिलो चुनाव भएपछि त्यसमा आङ सान सू चीले उल्लेख्य मतसहित चुनाव जितिन् र सत्तामा पुगिन्। सेनाका जेनरलहरूको कठोरतालाई चुनौती दिन उनले आफ्नो स्वतन्त्रता त्यागेको भन्दै उनलाई प्रजातन्त्रकी प्रतीकको रूपमा हेरिन्थ्यो। बौद्ध धर्मावलम्बीको बाहुल्य भएको देशमा उनी व्यापक रूपमा लोकप्रिय छिन्। आङ सान सू चीले सन् १९८९ देखि सन् २०१० सम्म झन्डै १५ वर्ष नजरबन्दमा बिताइन्।

सन् १९९१ मा उनलाई घरमै नजरबन्दमा रहेका बेला नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। उनलाई शक्तिहीनहरूको शक्तिको अद्भुत उदाहरणू मानिन्थ्यो। त्यतिबेलाको सैन्य शासनका बेला थिचोमिचोको सामना गर्दै प्रजातन्त्र ल्याउनका लागि उनले गरेको व्यक्तिगत सङ्घर्षले उनलाई अन्तर्राष्ट्रिय रूपमा शान्तिपूर्ण प्रतिरोधको प्रतीक बनायो। उनका सन्तान विदेशी नागरिक भएकाले म्यान्मारको संविधानअनुसार उनी राष्ट्रपति बन्न पाउँदिनन्। तर ७५ वर्षीया सू ची पदमा नरहे पनि सत्ता उनैबाट निर्देशित भएको मानिन्थ्यो। आधिकारिक रूपमा भने उनी स्टेट काउन्सलर हुन्। राष्ट्रपति विन मियन उनका निकट सहयोगी हुन्।

Leave a Reply

Your email address will not be published.