दिपक कुमार सिंह,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

बिगत केही महिनादेखी निरन्तर जारी सत्ताधारी नेकपाको नाटक-नौटंकी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तथाकथित मधेसवादी दल जसपाको अवसरवादी थप नौटंकिले देश र जनताको अवस्थामा कुनै परिवर्तन आउने देखिदैन। नेकपाको एउटा गैंग सरकार चलाएर देश र जनतालाई अग्रगमनको पाठ पढाई रहेका छन भन्ने अर्को गैंगका अतातायी कमान्डर ‘प्रचण्ड’ चन्ड र मुण्डका साथ अग्रगमनको पाठ पढाउदै हिडया छन। यी दुईटै गैंगमा सहभागी हुन खोज्ने नपुंसक कांग्रेस र जसपा ताली र गाली गर्दै रमाएका छन। यी मुद्दा बिसर्जन र सत्ता समर्पणवादिहरुको नाटक–नौटंकी, जालझेल र षड्यन्त्रको कारण आज देश र जनता थप संकटमा परेका छन। गणतान्त्रिक ब्यबस्थामा पनि अवस्था लथालिङ्ग छ। अराजकता बढेको छ। भ्रष्टाचार बढेको छ। बजार अनियंत्रित भएको छ। तर जनताका लागि न त सरकारको केहि जवाफदेही देखिन्छ र न सडकका तथाकथित अग्रगमनका पुजारीको १ तमाशा केवल कुर्सीका लागि गरिएको हो।

नेकपाको लफडा भनेकै एउटाले कुर्सी बचाउनका लागि र अर्कोले कुर्सी पाउनका लागि मात्र हो। भाषणमा जो जति क्रान्तिकारी देखिए पनि व्यवहारमा सबै क्रुर, धुर्त, मुर्ख तथा पटमुर्ख, पैसामुखी सोफावादी हुन। जसलाई देश र जनतासंग कुनै सरोकार नै छैन। जसरी पनि लूटने विषयवस्तुलाई केन्द्रमा राखेर नै क्रान्ति तथा अग्रगमनका कुरा गर्छन। आफुमात्र अग्रगमनकारी बांकी सब प्रतिगमनकारी व्याख्या गर्न कहिलेपनि पछाडी नपर्ने तथाकथित परिवर्तनकारी गणतन्त्रवादिहरुको जिवनशैलिमा व्यापक परिवर्तन आएपनी जनताका जिवनमा कुनै सकारात्मक परिवर्तन भन्ने आउन दिएनन् जनताका जीवन र जिवनशैलि जसका तस छन। क्रान्तिकारी भाषण सुनेर मख्ख बनेका लठैतहरु पनि आफ्नो मालिककै शैली र आचरण प्रदर्शन गरि जनतालाई आकर्षित गर्न खोज्दै छन। जनताका जीवन जति नर्किय भएपनी जनतालाई लूटने मनसाय र बिदेशी डलरको भरमा अंगालेका वादबाट टसमस नहुने वादिहरुको दिमाग केही टिस नै देखिदैन। केवल कुर्सी पाउने र बचाउनका लागि जन–जीवन असमान्य बनाउन लागिपरेका छन। नरभक्षी आन्दोलनको भाषण ठोक्दै छन। आज ठूल्ठूला आमसभा गरि अग्रगमनका लागि लडने सच्चा क्रान्तिकारी सावित गर्ने होडमा जनअपेक्षा उपेक्षामा परेको देखिन्छन् । मधेसी,थारु, दलित र पिछडावर्गका आवाजहरु आमसभाको चर्को अवाजले थिचिएको अभास हुन्छ। जनभावनाको कदर नगर्ने सरकार, पार्टी र क्रान्तिकारीहरु देख्दा अचम्म नै लाग्छ। एउटाले जसरी पनि बिघठित संसद पुनःस्थापना गराउने र अर्कोले जसरी पनि मध्यावधि चुनाव गराएर मृत प्रतिनिधि सभाको दाह संस्कार सम्पन्न गर्नका निम्ति देशी बिदेशी मित्र तथा शुभ चिन्तकका साथ राजनीतिक, कुटनितिक तथा कानुनी दाउपेचको मन्थनमा लागेका देखिन्छन। र मन्थनबाट प्राप्त हुने विष आम जनता र देशको हिस्सामा फाल्ने मनसाय देखिन्छ। कुर्सी बचाउने र पाउने खेल यस्तै निरन्तर चलिराख्ने हो भन्ने बिजय जुन गुटको भएपनी अन्तिम पराजय त जनताकै हुने देखिन्छ। जसको प्रभाव अहिले नै स्पष्ट देखिन्छन् ।

विश्व ब्यापी फैलिएको कोरोना महामारी संगै अनियंत्रित भएको नेपाली बजार अहिले टोटली अनियंत्रित छ। दस रूपैयाँको समान खुलेआम बीस रूपैयाँमा बिक्री बितरण भैरहेका छन। घरेलु उपभोग्य वस्तु होस वा अन्य कुनै समान, सबका सबमा भाउ अनावश्यक रूपमा थपिएका छन। यो अनावश्यक मुल्य वृद्धि अहिले रोकिने वाला पनि छैन। किनभने आमसभा र राजनीतिक कार्यक्रमका प्रायोजकहरुको खिलाफ जाने आटं कुनै अग्रगमनकारी शक्ति र ब्यक्तिमा छैन। दलाल पुजीपतिहरुको बिरुद्ध लडने भन्नेहरु नै अहिले पुजीपतिहरुको चंगुलमा फसि सकेका छन। अग्रगमनको नाममा दलाली गरिरहेका छन। नयाँ नेपाल र परिवर्तनका कहिले पनि नपाउने सौगातहरु बाडदै हिडिरहेका छन। आफ्नो लागि नगदी र अरुको लागि उद्धारो सहमति गराउने ठगहरु फेरि पनि ढल्केवर र कैलाली पुगि सोझा थारु, मधेसीहरुलाई झुक्याउने, फसाउने तथा आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागी जेलनेल हाल्ने र सहिद बनाउने सम्मको पुरजोर तैयारी गरि काठमाडौ फर्केका छन। आफ्नो र परिवारिक सत्ता र भत्ताका लागि मान्छे बेपत्ता गरेका पुर्ब आतंककारी तथा चन्ड–मुण्डका अगुवा पटकपटक प्रधानमन्त्री बनेपनी अहिलेसम्म जन न्यायका लागि कागजी कदम बाहेका कुनै ठोस र ब्यबहारिक कदम चालेका छैन। राज्यको उच्च ओहदामा बसि केवल आफ्नो र आफ्नो परिवारको इच्छा, आकंक्षा पूरा गरेकाहरु फेरिपनी मान्छे एक्ठा गरेर आफूलाई क्रान्तिकारी देखाउन र भारत, बेजिंग, अमेरिका र युरोपियन युनियन रिझाउन तल्लीन देखिन्छ। र देश नै कब्जा गरि आफ्नो र आफ्नो सन्ततिको भविस्य सुरक्षित गर्दै पटकपटक देशको जल, जंगल र जमिन बेचेका देश बेचुवा, राष्ट्रघाती, भ्रांतिकारी, बिदेशी दलालहरु यसपाली सिंगो राष्ट्रलाई नै बिदेशीको खुट्टामा भेट चढाउन राम्ररी नै कम्मर कसेको देखिन्छ। भगवान रामको नाम उच्चारण गर्दै नैतिकताबिहिन र संस्कारहिन कम्युनिष्ट आज हाम्रो धर्म, संस्कृति, संस्कार, कला र इतिहास मेटाउन खोज्दै छन। नाटक–नौटंकीको आडमा हाम्रो पहिचान मेटाउन खोज्दै छन्।

लोकतन्त्र–गणतन्त्र र मधेसवादको नाममा लूटेराहरु हुन। करोडौं अरब खाएका पचाएका अपराधीहरु हुन। देश भित्रका कुख्यात डाँकाहरु हुन। देश बेचुवा र राष्ट्रघातिहरु हुन। यिनिहरु कोहिपनि साम्यवादि हैन। यिनिहरु अराजकतावादी हुन। अस्थिरतावादि शान्तिका दुश्मन हुन। बिकास र प्रगतिका अबरोधक हुन। देश र जनताका अपराधी हुन। यिनिहरु अहिलेसम्म अनगिन्ती जघन्य अपराध गरेका हुन। यिनिहरुलाई उन्मुक्ति हैन, सजाय दिनुपर्छ। सत्ताधारी र बिपक्षीहरुको मिलोमतोमा देश कब्जा गर्ने, बेच्ने र लूटने खाने सहमती अनुसार जारी नाटक–नौटंकीको अन्त्य र स्वार्थी, अवसरवादी, धुर्त, मूर्ख, अपराधी, देशद्रोही, देश बेचुवा, लम्पसारवादी, हिंषक, अराजकतावादी, गैरराजनीतिक चरित्र, चिन्तन र शैली भएका ब्यक्तिहरुको चंगुलबाट देश र जनतालाई निकास दिन अब यिनिहरुलाई राजनीतिबाट बिदाइ नगरी साध्य नै छैन। हिन्दु राष्ट्र, राजसंस्था र जनतन्त्र स्थापना तथा रक्षाका लागी अब आम नागरिकले महत्वपूर्ण जिम्मेवारी वहन गर्न सक्नुपर्छ। पटकपटकको आन्दोलन नेताका लागि तर यसपटकको आन्दोलन जनताको लागि जनताद्वारा जनतन्त्रका लागि गर्नुपर्छ। तबमात्र सम्पूर्ण क्रान्ति र पुर्ण मुक्तिको सपना देखेका नेपाली जनजनको वर्षौ वर्षको अभिलाषा पुर्ण हुनेछ। र हामी स्वतन्त्र हुनेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *